विकासको मूल फु,ट्न थाल्यो – मुख्यमन्त्री गुरुङ
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विगतमा विकासबाट मुलुक प,छाडि परे पनि अहिले विकासको मूल फु,ट्न थालेको दा,बी गरेका छन् ।
बेँसीशहर नगरपालिका–७ स्थित यहाँका गुरुङ समुदायको मनाङे चौतारा तमु समाजको नवनिर्मत दुईतले भवनको उ,द्घाटन गर्दै उनले भने, “वर्तमान सरकार ‘सुखी नेपाली, समृद्ध नेपाल’को महान अभियान लिएर विकासका मूल फु,टाउन थालेको छ ।”
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश इ,न्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले पनि स्वास्थ्य, शिक्षा, खानेपानी, सडकलगायतका क्षेत्रमा लगानी गरिरहेको जानकारी दिए ।


