अ,धिकारको कुरा गर्दा महिलाले पुरुष प,छार्ने होइन – कोमल वली (भिडियो सहित)
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा राष्ट्रिय सभा सदस्य कोमल वलीले महिलाहरुले आफ्नो अ,धिकारलाई अ,नुभूत गर्नुपर्नेमा जोड दिनुभएको छ ।
संयुक्त राष्ट्रसंघले पनि महिला अधिकारलाई अ,नुभूत गर्नसक्ने पुस्ता भनेर नारा दिएको चर्चा गर्दै उहाँले नेपालमा मात्र नभई विश्वव्यापी रुपमा पनि यही कुरा लागू हुने बताउनुभयो ।
११०औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौंमा आयोजित सा,क्षात्कारमा उहाँले महिलालाई अधिकार दिइए कहीँ कतैपनि पछि पर्दैनन् भन्ने कुरा पुष्टि भैसकेको बताउदै भन्नुभयो, ‘नेपालको ह,कमा त यो कुरा प्रमाणित भैसकेको छ । त्रिभूवन विश्वविद्यालयका हरेक संकायमा ब,हुसंख्यक महिलाले ट,प गरिरहेका छन् । वर्षेनी दशौं हजार दीक्षित भएका छन् । तर, अवसर लिने ठाउँमा उनीहरु त्यति देखिँदैनन् ।’ उहाँले समानताको ह,क र अधिकारमात्रै नभएर अवसर पनि प्राप्त गर्न महिला अ,ग्रसर हुनुपर्ने बताउनुभयो ।

कानूनमा बनेका कुराहरु व्यवहारमा लागु हुनुपर्ने पनि धा,रणा राख्दै ने,तृ वलीले भन्नुभयो, ‘हामीले आफूलाई पुरुषसँग दाज्नुहुँदैन् । यो पुरुष प,छार्ने कुरा पनि होइन । हामीले आफूले आफैंलाई जि,त्नुपर्छ । ना,रीसँग त कसैको तुलना नै हुँदैन् । नारी यो धर्तीको सुन्दर सृ,ष्टिकर्ता हो । जो अरुले गर्न सक्दैन् । ना,री तुलनात्मक रुपमा पनि श,क्तिशाली हो ।’
उहाँले अवसर पाउने महिलाहरुले अरुको लागि काम गर्नुपर्ने बताउँदै आफ्नो भूमिकाको बारेमा पनि समीक्षा गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले नेपालको संघीय संसदको संरचना र महिला सहभागिताको विषय उल्लेख गर्दै दक्षिण एशियामै नेपाल पहिलो स्थानमा र विश्वमा ४८औं स्थानमा रहेको दा,बी गर्नुभयो ।
नेपालको सामाजिक, सांस्कृतिक परम्परा पनि नारीलाई सम्मान गर्ने खालको भएको सुनाउँदै आफ्नो पार्टीमा महिला सांसद तथा नेतृहरुलाई अत्यन्तै आदर गर्ने गरिएको दृ,ष्टान्त पनि सांसद वलीले सुनाउनु भयो ।


