प्रधानमन्त्रीलाई राधिकाले भेटिन्, ओलीलाई भेट्ने उनी दोस्रो ब्यक्ति

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकी पत्नी राधिका शाक्यले अस्पताल पुगेर भेटेकी छिन्। प्रधानमन्त्रीलाई प्रत्यक्ष भेट गर्ने उनी दोस्रो ब्यक्ति हुन् । दोस्रो पटक मिर्गौला प्र,त्यारोपण गरेर स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्रीलाई भेट्न पत्नी राधिका विहिवार अस्पताल पुगेकी थिइन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले बिहीबार प्रधानमन्त्रीलाई उनकी पत्नीले भेटेको जानकारी सामाजिक सञ्जाल मार्फत गराएका छन् । यसअघि बुधबार ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाले उनीसँग भेट गरेकी थिइन्। संग्रौलाले घर जानु अघि प्रधानमन्त्रीलाई भेट्ने इच्छा देखाएका कारण उनलाई पहिलो पटक भेट्न दिइएको थियो । संग्रौला बुधबार नै डि,स्चार्ज भएकी थिइन्।ओलीको फागुन २१ मा मिर्गौला प्र,त्यारोपण गरिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्र,त्यारोपणको नवौँ दिन आज उहाँको स्वास्थ्य परीक्षणका नतिजा सामान्य र सु,धारोन्मुख छन् । त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको प्र,त्यारोपणपछि गरिने नियमित परीक्षणलाई निरन्तरता दिइएको छ । उनको भा,इटल तथा ल्याब सूचक राम्रो अवस्थामा रहेको र नियमित आहार लिइरहेको अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मिर्गौलादाता प्रधानमन्त्री ओलीकी भाञ्जी समीक्षा सङ्ग्रौला भने स्वास्थ्यलाभ गरी बुधबार घर फर्किसकेको विज्ञप्तीमा जनाइएको छ । प्रधानमन्त्री ओलीलाई चिकित्सक र परिवारको परामर्शमा केही दिनमा निवास फर्काइने तयारी छ ।

मिर्गौला प्र,त्यारोपणपछि प्रधानमन्त्रीकी पत्नी राधिका शाक्यले आज प्रधानमन्त्रीलाई पहिलो पटक भेटेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा लेखिएको छ, यसअघि बुधबार घर फर्कनुपूर्व भाञ्जी सङ्ग्रौलाले प्रधानमन्त्री ओलीलाई भेट्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖