पैसाको लागि आफ्नै देवरहरुले भाऊजुको ह,त्यागरेको खु,लासा (भिडियो सहित)

अमृत बास्तोला । तेह्रथुम १, चैत्र । तेह्रथुमको आठराई–४, ईवा तीनसल्लेमा बिहीबार विन्दा पुरीको ह,त्या आफ्नै दुईजना देवरहरुबाट भएको प्रहरीले जनाएकोछ । २८ वर्षिया भाउजुको ह,त्या देवरहरु सुरेन्द्र पुरी र बालकृष्ण पुरीले गरेको ईलाका प्रहरी कार्यालय सं,क्रान्तिबजारका प्रहरी निरीक्षक शेशकराम थान्दारले जानकारी दिनु भयो ।

झापाबाट बुधबार राती गाडी रिजर्भ गरी आठराई ईवा स्थित भाउजु विन्दाको घरमा आएर ह,त्यागरी विहिवार विहान गाडी रिजर्भ गरी देवरहरु पुनः झापानै फिर्किएकाे बताइएकाे छ ।

वैदेशिक रोजगारीको शिलशिलामा दुबईमा रहेका विन्दाका श्रीमान्ले विन्दालाई मात्र पैसा पठाउने गरेको र आर्थिक च,लखेल गर्न नपाएकाले ह,त्यागरेको सुरेन्द्र पुरी र बालकृष्ण पुरीले प्रहरीलाई बयान दिएको बताइएको छ । यो घ,टनाले ईवा तीनसल्ले गाउँनै स्त,ब्ध भएको छ । बालकृष्ण तेह्रथुकमको फेदाप स्थित औसींडाडा बजरमा र सुरेन्द्र झापाको बुधबारेमा बस्दै आएका थिए ।

घ,टना पछि अ,नुसन्धानको लागि प्रहरीको स्थानीय ५ जना यु,वाहरुलाइ नि,यन्त्र,णमा लिएको युवाहरुलाई शुक्रबारनै तारीखमा छा,डिएको छ । १० वर्ष र १५ महिनाका दुई छोराहरु सहित आफ्नै घरमा बस्दै आएकि विन्दाको भान्साकोठामा वि,भ,त्स ह,त्याभएको थियो ।

प्रदेश स्तरीय प्रहरी टोली डग स्न्याफिङ सहित घटना स्थलमा डिएसपि सुमन तिम्सिना, तेह्रथुम जिल्लाका डियसपी नविन किश्वर प्रधान, अनुसन्धान प्रहरी निरीक्षक तेजबहादुर दाहाल, ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेशकराम था,न्दार सहितको विशेष प्रहरी टोलीले घ,टनाको अनुसन्धान गरिरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।