पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घ,ट्याे
काठमाडौं, ३ चैत । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा दुई रुपैयाँ घटाएको छ ।
सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य दुई रुपैयाँको दरले घटाएको नेपाल आयल निगमले जनाएको छ। तर अन्तर्राष्ट्रिय बजारमा भने इन्धनको मूल्यमा भारी गि,रावट आएको छ।
निगमले हवाई इन्धन आन्तरिकतर्फ भने साढे ४ रुपैयाँ घटाएको जनाएको छ । निगमका अनुसार खाना पकाउने एलपी ग्यास र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ भने मूल्य यथावत नै रहेको छ ।



