अडियोमार्फत कोरोना भाइरसबारे भ्र,म फै,लाउने प,क्राउ

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को म,हामारीबारे अफवाह र भ्र,मपूर्ण अडियो क्लिपलाई सामाजिक सञ्‍जालमार्फत भा,ईरल बनाउनेलाई प्रहरीले प,क्राउ गरेको छ ।

प्रहरीले रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई त्यस्तो भ्रमपूर्ण खबर रेकर्ड गरी सामाजिक सञ्‍जामार्फत फैलाएको भन्दै प्रहरीको साइबर ब्युरोले प,क्राउ गरेको हो ।

नर्भिकमा भर्ना भएका ९ मध्ये ६ जनालाई कोरोना भएको तथा शिक्षणमा चारजनाको मृ’त्यु नै भएको आशयको अडियो शनिबार बिहानैदेखि फेसबुक म्यासेन्जरमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

एकजना युवकले हिमाल नामका आफ्ना साथीलाई महत्वपूर्ण समाचार सुनाउने भन्दै यो अडियो रेकर्ड गरेको सुन्न सकिन्छ। उनले यो अडियोमा नर्भिक अस्पतालमा उ,पचाररत कोरोना भा,इरस आ’शंकित ९ जना बिरामीमध्ये ६ जनाको रिपोर्ट पोेजेटिभ आएको उल्लेख गरेका छन्।

नर्भिकमा भ,र्ना भएका नौमध्ये ६ जनालाई कोरोना संक्रमण भएको समाचार उनको टोलमै बस्ने त्यही अस्पतालका स्टाफले भनेको भन्दै रेकर्ड गरेको भेटिएको हो।

उक्त अडियोका कारण भित्रभित्रै जनमानस आ’तंकित भएको छ। अडियोमा नेपालमा कोरोनाको महामा,री नै फै,लिइसकेको अर्को दाबी पनि गरिएको छ। नर्भिक अस्पतालमा कोरोना देखिएका बिरामीबारेमा पत्रकारहरुले पनि समाचार नलेख्ने भन्दै उनले सरकारले यस घ,टनालाई लुकाइरहेको दाबी गरेका छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।