किटाणुमुक्त औषधि छर्कन आजबाट १० वटा ट्याङ्कर परिचालन गर्दै काठमाडौं महानगर

काठमाडौं, १३ चैत्र । काठमाडौं महानगरले सार्वजनिक स्थललाई कीटाणुमुक्त बनाउन की,टनाशक औषधि छर्किने कामलाई ती,ब्र बनाएको छ । यस क्रममा आज बिहान ३ वटा जेटले औषधि छरे । तीनवटामध्ये एउटा बबरमहल ,बानेश्वर, तीनकुने, सिनामंगल क्षेत्रमा खटिएको थियो भने अर्को जमल, लाजिम्पाट, पानीपोखरीहुँदै महाराजगञ्ज् क्षेत्रसम्म पुगेको थियो ।

अर्कोलाई बसन्तपुर आसपास क्षेत्रमा केन्द्रीत गरिएको थियो । नगर प्रहरी महाशाखा प्रमुख नगर प्रहरी नायव उपरीक्षक धनपति सापकोटाका अनुसार आज दिउँसोबाट महानगरका उपकरणसहित निजी क्षेत्रले सञ्चालनमा ल्याएका ट्या,ङ्कर परिचालन गरिनेछन् । ४० हजार लिटर पानीमा १४० लिटर क्लोरिन राखेर सार्वजनिक स्थलमा छर्किने आजको योजना रहेको नायव उपरीक्षक सापकोटाको भनाइ छ ।

बाक्लो बस्ती भएका क्षेत्र, अत्यावश्यक सामाग्री लिन चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर सकेसम्म सेवालाई सहरभरि पु¥याउने रणनीतिका आधारमा काम भइरहेको उहाँको भनाइ छ ।

हिजो वीर अस्पताल, टेकु अस्पतालसहित भित्रि सहरका असन, इन्द्रचोकसँगै कालीमाटी तरकारी बजारलगायतका स्थानमा की,टाणुशोधन/ नि,स्संक्रामक औषधी छर्किएको थियो । यससँगै बु्रमरको प्रयोगले सडक सफा गर्ने र पानीले पखाल्ने काम पनि भइरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।