स्वास्थ्यमन्त्री ढकाल नैतिक सं,कटमा – रा,जीनामा दिन चौतर्फी माग
काठमाडौं । नेपालमा बिहीबार साँझसम्ममा पाँच जना कोरोनाभाइरस (कोभिड १९)बाट सं,क्रमित भएका छन् । कोरोनाले विश्वभर महामा,री फै,लाइरहेको छ । भारतमा दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा नेपाललाई पनि जोखिममा पर्दै गएको छ । यसबाट जोगाउने भनेको मानिस घरबाहिर ननिस्कने र संक्रमितलाई उचित र बेलैमा उपचार गर्नुको हो ।
तर, अहिले बेला स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल नैतिक सं,कटमा परेका छन् । उनी नेतृत्वको स्वास्थ्य मन्त्रालयसहितलाई नीतिगत भ्र,ष्टाचारको आरोप लागेको छ । जसले स्वास्थ्यमन्त्री ढकाललाई रा,जीनामा गर्न चौतर्फी दबाब पर्न थालेको छ ।
कोरोनाभाइरस सं,क्रमितको उपचार र स्वास्थ्य परीक्षणका लागि आवश्यक पर्ने सामग्री खरिद र आयातमा नीतिगत भ्र,ष्टाचारको आरोप स्वास्थ्य मन्त्रालयमाथि लागिरहेको छ । बजार भाउभन्दा निकै बढी मूल्यमा र विश्व स्वास्थ्य संगठनले अनुमति नै नदिएको परीक्षण किटलगायतका स्वास्थ्य सामग्री ल्याएपछि ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलसँगको सम्झौता सरकारले रद्द गरे पनि उसलाई आयात गर्न अनुमति दिने निर्णय गर्नेहरुलाई छुट दिन नहुने आवाज उठिरहेको छ ।
स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागमाथि लागेको आरोपको पहिलो जवाफदेही स्वास्थ्यमन्त्री ढकाल हुनु पर्नेछ । नियमित रुपमा अघि बढेको टेन्डर प्रक्रिया रद्द गरेर सरकारले ‘विषम परिस्थिति’ देखाई सोझै ओम्नीसँग गरेको सम्झौता गरेको थियो । चीनबाट स्वास्थ्य सामग्री किनेर ल्याउने नाममा गरिएको यो विवादास्पद खरिद प्रक्रियामा बद्नियतपूर्ण देखिएको भन्दै स्वास्थ्यमन्त्री ढकालमाथि नैतिक सं,कट उत्पन्न गराएको छ ।
विश्वभर कोरोनाभाइरसको सं,क्रमण बढ्दै जाँदा स्वास्थ्य विभागले केही मेडिकल सामान खरिदका लागि गरेको बोलपत्र आह्वानदेखि छलफलमासमेत भाग नलिएको ओम्नीले रातारात टेन्डर पाएको हो । साथै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना रो,कथाम तथा नि,यन्त्रण उच्चस्तरीय समन्वय समितिको चैत ११ गते बसेको बैठकले २४ घण्टाभित्र खरिद प्रक्रिया सुरु गर्नू भनेर निर्देशन दिएपछि एक्कासी अर्को खरिद प्रक्रिया सुरु गरिएको थियो ।
त्यसपछि अरु कम्पनीको बोलपत्र रद्द गरेर ओम्नीलाई सामान खरिद गर्न अनुमति दिँदा सार्वजनिक खरिद ऐनअनुसार बोलपत्र अस्वीकृत वा खरिद रद्द गर्ने प्रक्रियाको पालना गरिएको छैन। आपूर्ति गर्ने कम्पनीको पूर्वयोग्यता, क्षमता अध्ययनबिनै सामग्री ल्याउन अनुमति दिइएको देखिन्छ ।
एक लाख डलरभन्दा माथि रकम भुक्तानी गर्न सामान आएको बिलबिजकहरू पेस गर्नुपर्ने हुन्छ । तर, ओम्नीले भने सहजतासाथ आपूर्ति गर्न सवा अर्ब रुपैयाँभन्दा बढी भुक्तानीका लागि सरकारबाटै विशेष सहुलियत पाएको आ,शंका पनि गरिएको छ। साथै चीनले दिएको अनुदानको सामान लिन स्वास्थ्य सेवा विभागका अधिकारीहरू चीन पुगेकाले चार्टरको पूरै शुल्क नेपाली व्यवसायीले नतिर्ने शर्त रहेको छ कि भन्ने आ,शंका पनि उब्जाएको छ ।
यसरी ओम्नी कम्पनीलाई स्वास्थ्य सामग्री ल्याउन दिने निर्णयकर्ता शंकाको घेरामा परेका छन् । साथै एक चरणमा सामान ल्याइसकेको ओम्नीसँगको सम्झौता रद्द गर्दै धरौटी रकम जफत गर्ने सरकारले निर्णय गरिसकेको छ । तर, कम्पनीसँगको सम्झौता रद्द गरे पनि उसलाई अनुमति दिने निर्णयकर्ताहरु भ्र,ष्टाचारको अनुसन्धान दायरामा पर्नुपर्ने आवाज उठिरहेको छ ।
यस घ,टनाको पहिलो जिम्मेवारी स्वास्थ्यमन्त्री ढकालले लिनुपर्ने हुन्छ । उनी नेतृत्वको मन्त्रालय र विभागबाट भएको यस घ,टनाको पहिलो जवाफदेही हुनुपर्ने स्वास्थ्यमन्त्री ढकालले यस घ,टनाको सम्बन्ध कुनै अनुसन्धान तथा छानबिन प्रक्रिया अघि नढाइनुले पनि थप शं,का उब्जाएको छ ।


