चिकित्सक र स्वास्थ्कर्मीको मनोबल बढाउनुपर्छ – मन्त्री ढकाल

काठमाडौँ, चैत २३ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस बिरु,द्धको ल,डाइँमा अघिल्लो पङ्तीमा रहेर काम गर्ने चिकित्सक र स्वास्थ्कर्मीको मनोबल बढाउनुपर्ने बताउनुभएको छ ।

मन्त्री ढकालले चिकित्सक र स्वाथ्यकर्मीको व्यक्तिगत सुरक्षा सामग्री अभाव हुनै नदिने प्रतिब.द्धता व्यक्त गर्दै कोरोना बिरु,द्ध ल,ड्न नागरिकको साथ र सहयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

मन्त्री ढकालले नेपाल भारत मानव विकास मैत्री संघ र एनएमबी युकेको तर्फबाट प्राप्त एक हजार थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सहयोग ग्रहण गर्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा मन्त्री ढकालले भन्नुभयो, “नागरिका तर्फबाट प्राप्त हुने सहयोगले चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल अझ बढाउँछ ।” उहाँले विषम परिस्थितिमा पनि दीर्घकालीन रूपमा काम गर्न मिल्ने गरी काठमाडौँ बाहिर परीक्षण प्रयोगशालाहरू स्थापना गरिएको बताउनुभयो ।

उहाँले कोरोनाको विरू,द्ध उच्च सतर्कता र सावधानीसाथ काम सरकारले गरिरहेको चर्चा गर्दै सबै मिलेर हातेमालो गर्दा नै कोरोनाबिरु,द्ध सफलता हात लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “रोगबाट जो,गिन सकियो र नेपाली जनतालाई पनि ब,चाउन सकियो भने बाँकी कुरा पछि गर्न सकिन्छ । अहिले हिलो छ्याप्ने काम बन्द गरौं ।”

एनएमबी युकेले चीनबाट ल्याएको सात सय थान र नेपाल भारत मैत्री विकास संघले नेपालमै उत्पादन गरेको तीन सय थान पीपीई मन्त्रालयलाई हस्तान्तरण गरेको छ । कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, एनएमबी युकेका तर्फबाट एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र मैत्री संघका तर्फबाट अध्यक्ष सूर्य भुसाल लगायत उपस्थिति रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖