विप्लव नेतृत्व नेकपाद्वारा राहत वितरण शुरु
बझाङ, २४ चैत्र । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राहत वितरण शुरु गरेको छ । उसले बझाङ जिल्लामा कोरोना स,ङ्क्र,मणबाट प्रभावित ज्यालादारी गरेर बाँ,च्ने अवस्थामा रहेका विपन्न परिवारहरूलाई खाद्यान्न वितरण गरेको जनाएको छ ।
थलारा गाउँपालिकाका गरिब तथा विपन्न परिवारहरूलाई नेकपाका कार्यकर्ताहरूले दाल, चामललगायत अत्यावश्यक खाद्य सामग्री वितरण गरेको जनाइएको छ ।
सरकारले घोषणा गरेको लकडाउनका कारण गरिब र विपन्न समुदायको घरमा खाद्यान्नको अभाव भई चुलोमा आ,गोसमेत नब,लेको र गाउँपालिकाले वडाबासीहरूको पि,रमर्का नबुझेको भन्दै नेकपाले थलारा गाउँपालिकाका वडा नम्बर १ र २ का ७० परिवारलार्ई खाद्य सामग्री वितरण गरेको जनाएको छ ।


