मनकारी एम्बुलेन्स चालकहरु – क्वारेन्टाइनमा रहेका विमारीलाई निःशुल्क सेवा

उर्लाबारी । मोरङको टाँडीस्थित नेपाली सेनाको क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई कुनै स्वास्थ्य समस्या देखिए अस्पतालसम्म लैजानका लागि निःशुल्क एम्बुलेन्सको व्यबस्था गरिएको छ । संयुक्त एम्बुलेन्स चालक संघ मोरङले वि,पदको असहज अवस्थालाई मध्यनजर राख्दै क्वारेन्टाइनमा रहेकालाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने जनाएको छ ।

विश्वव्यापी कोरोनाभाइरसको महामा,री फैलिएपछि मोरङको टाँडीमा पहिलो प्रदेश स्तरीय क्वारेन्टाइन स्थल तयार भएको छ । नेपाली सेनाले टाँडीमा दुई सय जना अट्न सक्ने क्वारेन्टाइन स्थल निर्माण गरेको हो । हाल एकसय ५० बढि व्यक्तिहरु त्यहाँको क्वारेन्टाइनमा रहेका छन् । विदेशबाट फर्किएका व्यक्तिहरुमा कोरोना सं,क्रमणको आ,शंका हुनसक्ने भएकोले उनीहरुलाई सेनाको क्वारेन्टाइनमा राखिएको छ । सामाजिक उतरदायित्व अन्तर्गत क्वारेन्टाइनमा रहेकाहरु लाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको संघका मोरङ सदस्य एवं शेरबहादुर श्रेष्ठ प्रतिष्ठान एम्बुलेन्सका सञ्चालक अर्जुन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य समस्या देखिएकालाई नजिकको स्वास्थ्य केन्द्र तथा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म लैजान एम्बुलेन्सहरु उपलब्ध छन् । यस्तै, उनीहरुको दैनिक स्वास्थ्य स्थिति ज्वरोको विवरण राखेर सम्बन्धित निकायमा त्यसको जानकारी पुर्‍याउने, अ,नियन्त्रि,त तवरले सं,क्रमण फैलिने अवस्था रो,क्न, क्वारेन्टाइनका कति मानिसलाई ज्वरो आएको छ भन्ने कुराको लेखाजोखा गर्न र क्वारेन्टाइनको अवधिमा यथाशीघ्र सेवा सहयोग पुर्‍याउन सहयोग गर्ने श्रेष्ठले विश्वास दिलाए । पूर्वीमोरङमा मिक्लाजुङका पाँचवटा , पथरीका दुईवटा र उर्लाबारीका नौवटा एम्बुलेन्सले निःशुल्क सेवा दिने संयुक्त एम्बुलेन्स चालक संघ, मोरङका अध्यक्ष चन्द्र पराजुलीले बताए ।

उता शेरबहादुर श्रेष्ठ प्रतिष्ठानका सञ्चालक अर्जुन श्रेष्ठले क्वारेन्टाइनमा बिमारी हुनेका लागि आफ्नो एम्बुलेन्स जतिबेलै तयारी अवस्थामा रहेको जनाए । यता नैनसिंह खड्का एम्बुलेन्सका सन्चालक नरबहादुर खड्का सु,रक्षित तबरले सेवामा अ,होरात्र ख,टिरहेको जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।