नयाँ योजनाका साथ सीमा-नाकाहरुमा क,डाइ गरिने – मुख्यमन्त्री राई

राहत वितरणमा भइरहेको भिड हटाउन मुख्यमन्त्री राईको निर्देशन

विराटनगर, चैत २८ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सुरक्षा निकायका प्रमुखहरुलाई स्थानीय तहसंग समन्वय गरेर राहत वितरणमा भइरहेको भि,ड हटाउन निर्देशन दिनुभएको हो । शुक्रबार बसेको सु,रक्षा परामर्श समितिको बैठकमा मुख्यमन्त्री राईले प्रदेशका सु,रक्षा प्रमुखहरुलाई यस्तो निर्देशन दिनुभएको हो ।

अहिले स्थानीय तहले वितरण गरिरहेको राहत लिनेको घु,इचो बढ्दा कोरोना भाइरसको सं,क्रमण भइहाले अवस्था भयावह हुने भन्दै मुख्यमन्त्री राईले स्थानीय तहहरुले डेलिभरी भ्यानको व्यवस्था गरेर घर घरमै पुगेर राहत वितरण गर्ने व्यवस्था मिलाउनु पर्ने बताउनुभयो ।

विशेष गरी तराईका जिल्ला र शहरी क्षेत्रमा यो समस्या रहेको भन्दै स्थानीय तहका जनप्रतिनिधीहरुसंग समन्वय गरेर व्यवस्थापन गर्न समेत सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । त्यस्तै मानिसलाई आवत जावत गर्ने पास वितरणमा समेत क,डाइ गर्न र अन्य प्रदेशमा जानैपर्ने र अन्य प्रदेशबाट यहाँ ल्याउनै पर्नेको विवरण तयार गर्न निर्देशन समेत गर्नुभएको छ ।

सं,क्रमण भित्रन नदिन भारतीय सीमामा क,डाइ गर्नुको विकल्प नरहेको बताउँदै मुख्यमन्त्री राइले नयाँ योजनाका साथमा सीमा नाकाहरुमा क,डाइ गरिने बताउनुभयो । यसका लागि तयारी गर्न समेत सबै सु,रक्षा निकायलाई उहाँको निर्देशन छ ।

मुख्यमन्त्री राईले प्रदेश नं. १ लाई सुरक्षित राख्न प्रदेशका सबै निकायले आफ्नो ठाउँमा स्रोत र साधनको अधिकतम सदुयोग गर्नुपर्ने बताउनुभयो । शुक्रबारदेखि प्रदेशले ¥यापिड टेस्ट सुरु गरकाले क्वारेन्टाइनमा बसेका सबैको टेस्ट गरिने र स्वाव परीक्षण कोशी अस्पतालबाटै दैनिक एक सयवटा टेस्ट गरिने भएकाले अव क्वारेन्टाइनमा रहनेहरुको व्यवस्थापनमा पनि सहज हुने बताउनु भयो ।

प्रदेशका २० देखि ३० हजारको ¥यापिड टेस्ट र एक हजार बढीको स्वावको चाडै परीक्षण गर्ने बताउँदै मुख्यमन्त्री राईले सम्भावित चु,नौती र समस्याको समाधानका लागि योजना बन्दै गरेको बताउनु भयो ।

बैठकमा चारवटै सु,रक्षा निकायका प्रदेश प्रमुख साथै झापा, मोरङ, सुनसरी र उदयपुरका प्रमुख जिल्ला अधिकारीले प्रदेश र आफ्नो आफ्नो जिल्लाको लकडाउनको प्रभाव, सु,रक्षा, आपूर्ती व्यवस्था, राहात वितरण लागायतको अवस्थाका बारेमा जानकारी गराएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।