नेपालमा थप ३ जनामा कोरोना सं,क्रमणको पुष्टि – सं,क्रमित संख्या १२ पुग्यो
काठमाडौं, ३० चैत्र । सरकारले तीनजना थप कोरोना भाइरस सं,क्रमित भएको पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगञ्जमा तीनजनाको कोरोना भाइरस सं,क्रमण पुष्टि गरेको हो ।
मन्त्रालयका अनुसार छपकैयास्थित मस्जिदमा रहेका तीनजना पुरुषलाई कोरोना सं,क्रमण भएको जनाएको हो । स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी मस्जिदमा भेटिएकाको उमेर ३७, ४४ र ५५ वर्ष छ ।
उनीहरुलाई शं,का लागी नारायणी अस्पताल वीरगंजमा आइशोलेशनमा राखी थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाको ल्याब परीक्षण गरिएको र पुन यकिन गर्न २९ चैत्रमा पुनः परीक्षण गरिएकोमा त्यहाँबाट पनि पोजेटिभ देखिएको थियो । उनीहरुको सं,सर्ग र गएको स्थान समेत पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्यहरु भइरहेको मन्त्रालयले जनाएको छ ।



