भैँसी चराउँदै गर्दा पाटे बाघको आ’क्रमणबाट २ घाइते
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटे बाघको आ’क्रमणबाट आज राजापुर नगरपालिका १० का दुई जना घाइते भएका छन् ।
बाघको आ’क्रमणबाट बर्दिया राजापुर नगरपालिका १०– लालपुर गाउँका मोहन थारु र मझेरा गाउँका दयाराम थारु घाइते भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र वाग्लेले जानकारी दिए ।
गाउँ नजीकै भैँसी चराउँदै गर्दा लालपुरका मोहनलाई आज बिहान र बाघ रहेको क्षेत्रमा बाघ भगाउन पुगेको टोलीसंँगै पुगेका मझेराका दयारामलाई दिउँसो बाघले आ’क्रमण गरेको हो ।
बाघको आ’क्रमणमा परी मोहनको दायाँ हात, बायाँ खुट्टा र पिँठ्युमा गम्भीर चो’ट लागेको छ । दयारामको भने टाउको र दुवै कञ्चटमा गम्भीर चो’ट लागेको छ ।
घाइते दुवैको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको कोठियाघाट प्रहरी चौकीले जनाएको छ ।रासस


