लकडाउन अवधिको पचास प्रतिशत भाडा मिनाहा

कैलाली । धनगढी उपमहानगरपालिकाले पूर्ण लकडाउनका तीन महिनाको भाडामा ५० प्रतिशत मिनाहा गरेको छ । आज उपमहानगरपालिकाले आफ्ना सपिङ कम्प्लेक्सको भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । लकडाउनका कारण व्यवसाय ठप्प भएको भन्दै उपमहानगरपालिकाले गत चैत ११ देखि यही असार १ गतेसम्मको भाडा छुट गरेको नगरप्रमुख नृपबहादुर वडले बताए ।

कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले उपमहानगरपालिकाले सराहनीय निर्णय गरेको उल्लेख गरे । उपमहानगरपालिकाले आफ्ना सपिङ कम्प्लेक्स व्यापारीलाई भाडामा दिएको छ ।

कोरोना संवेदनशीलताका बारेमा व्यवसायीसँग छलफल

कोरोना संवेदनशीलतालगायतका विषयमा धनगढीका व्यावसायिक सङ्घसंस्थाका प्रतिनिधिसँग छलफल गरिएको छ । उपमहानगरपालिकाका प्रमुख वडले आज यहाँ कैलाली उद्योग वाणिज्य सङ्घ, औषधि व्यवसायी सङ्घ, तरकारी व्यवसायी सङ्घ, किराना व्यवसायी सङ्घ र मदिरा व्यवसायी सङ्घका प्रतिनिधिसँग छलफल तथा सुझाव दिने काम गरे ।

सरकारले लकडाउन खुकुलो बनाउँदा जोखिम बढेको भन्ने गुनासो आउन थालेपछि व्यवसायीसँग छलफल शुरु गरिएको बताइएको छ । नगरप्रमुख वडले व्यवसायीसँग पसलका अगाडि डोरी, रिङ वा चुनाको रेखा राखेर ग्राहकको भौतिक दूरी कायम हुने वातावरण बनाउन आग्रह गरेको बताए ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।