पार्टी फुटाउने कोसिस व्यर्थ सावित : मन्त्री अर्याल

काठमाडौं । कृषि तथा पशुपन्क्षी विकासमन्त्री पद्माकुमारी अर्यालले पार्टी फुटाउन केही नेताले कोसिस गरे पनि त्यो व्यर्थ सावित हुने बताउनुभएको छ ।

हरिनास गाउँ कमिटीले आयोजना गरेको कार्यकर्ता भेला एवं प्रशिक्षणमा उहाँले प्रधानमन्त्रीले नेतृत्व गरेको नेकपा नै अधिकारिक भएकाले कार्यकर्तालाई दुविधामा नपर्न आग्रहसमेत गर्नुभयो ।

पाँच वर्षका लागि जनताले चुनेर पठाएको ओलीले नेतृत्व सरकारलाई पार्टीभित्रैका नेताले अनेकन बहानामा घेराबन्दी गरेकै कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको बताउँदै मन्त्री अर्यालले भन्नुभयो, “पाँच वर्षका लागि जनताबाट जनमत प्राप्त सरकारलाई आफ्नै पार्टीका नेताले चौतर्फी घेराबन्दी गरेपछि प्रधानमन्त्रीले जनतामाझ जाने निणर्य गर्नुभयो ।”

आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचन कुनै तत्वले बिथोल्न नसक्ने भन्दै मन्त्री अर्यालले कार्यकर्तालाई एकताबद्ध भएर चुनावको तयारीमा जुट्नसमेत आग्रह गर्नुभयो । भेलामा हरिनास गाउँपालिका–२ का वडा सदस्य लालुमाया नेपालीसहित १५६ कांग्रेसका कार्यकर्ता नेकपामा प्रवेश गरेको नेकपाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।