वर्तमान संकटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुन्छ : उपसभापति निधि

पर्सा। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्रनारायण निधिले मुलुकमा विद्यमान राजनीतिक सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने बताएका छन्। उनले सरकारकोे असंवैधानिक निर्णयबाट सिर्जना भएको राजनीतिक संवैधानिक संकटको समाधान प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने प्रष्ट पारे।

कांग्रेस बुथ कमिटी बगहीले आइतबार वीरगञ्ज महानगरपालिका–२८ बगहीमा आयोजना गरेको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उपसभापति निधिले वर्तमान समस्याको समाधान गर्न प्रतिनिधिसभाको पुनःस्थापना वा निर्वाचनबाहेक अर्को विकल्प नभएको बताए।

उनले सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेको रिटको फैसला गर्दै प्रतिनिधिसभा पुनःस्थापना भए समस्या समाधान हुन्छ, नभए प्रनिधिसभाको निर्वाचनमार्फत समस्याको समाधान खोज्नु नै उपयुक्त बाटो भएको धारणा व्यक्त गरे।

प्रतिनिधिसभाको पुनःस्थापना वा निर्वाचन दुवै मध्यमबाट प्राप्त भएको प्रतिनिधिसभाले मात्र राजनीतिक सङ्कटलाई सम्बोधन गर्न सकिने बताउँदै नेता निधिलै दुवै बटो संवैधानिक, लोकतान्त्रिक र राजनीतिक सम्मत रहेको प्रष्ट पारे।

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका उपसभापति निधिले मुलुकमा बढ्दै गएको हत्या हिंसा, बलात्कार, भ्रष्टाचार, महँगीले आमनेपाली जनता पीडित भए पनि वर्तमान सरकारले त्यसलाई नियन्त्रण गर्न नसकेको आरोप लगाए।

कार्यक्रममा सहभागी कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वशिक्षामन्त्री चित्रलेखा यादवले असंवैधानिकरूपमा प्रतिनिधिसभा विघटन गरी सरकारले जनताले दिएको मतको अपमान गरेको बताए।

उनले बहुमत प्राप्त भएको सरकारलाई प्रतिनिधिसभा विघटन गर्ने संविधानमा कुनै व्यवस्था नभए पनि वर्तमान सरकारले प्रतिनिधिसभा विघटन गरी आमनेपाली जनताले दुई तिहाइ नजिक दिएको मतको अपमान गरेको धारणा व्यक्त गरे।

कांग्रेस बुथ कमिटी बगहीका अध्यक्ष सरजुग महतोको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य फरमुलाह मन्सुर, सदस्य अजयकुमार चौरसिया, गगन थापालगायतका नेताले पद, पैसा र प्रतिष्ठानको लोभका कारण मुलुक राजनीतिक संवैधानिक संकटमा फसेकोे बताए।

उनीहरूले नेकपाभित्रको आन्तरिक विवादलाई समाधान गर्नुको सट्टा विभिन्न आन्दोलन र हजारौँको शहादतबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई नै धरापमा पारेको बताए। कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेकालाई उपसभापति निधिले स्वागत गरेका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।