दोहोरो नागरिकता बनाएर दुरुपयोग गर्ने पक्राउ

काठमाडौँ, ३ चैत । नेपाल प्रहरीले दोहोरो नागरिकता बनाएर दुरुपयोग गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बाग्लुङ गलकोट नगरपालिका–२ का कमल सुनारले एउटै नागरिकता नम्बरमा दुईवटा नाम राखी सरकारी कार्यालयमा पेश गरेर दुरुपयोग गरी सेवा लिएको आरोपमा आज काठमाडौँको सुकेधाराबाट पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गङ्गा पन्तले बाग्लुङ जिल्ला प्रशासन कार्यालयबाट एउटै मितिमा एउटै नागरिकता नम्बरमा एउटामा कमल सुनार र अर्कामा कमल थापा नाम राखी दोहोरो नागरिकता लिएर दुरुपयोग गरेकाले पक्राउ गरिएको जानकारी दिनुभयो । “पक्राउ परेका सुनारले कमल थापाको नामबाट सरकारी कार्यालयमा नागरिकता पेश गरी सेवा लिएको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो । पक्राउ परेका सुनारलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी परिसर काठमाडौँ पठाइएको प्रवक्ता पन्तले बताउनुभयो ।

पक्राउ सुनारसँग प्रहरीले नागरिकता दुई थान, राहदानी एक थान, मोबाइल एक थान, जन्मदर्ताको प्रमाणपत्र एक थान, नाता प्रमाणितको सक्कल प्रमाणपत्र एक थान, कर्जा सूचना उपलब्ध गराइदिने बारेको पत्र चार थान, कमल थापाको नाममा बिल दुई थान बरामद गरेको छ । यस्तै कमल थापाको नाममा रहेको विभिन्न बैंकको चेक दुई थान र रबर स्टाम्पसमेत बरामद गरेको ब्यूरोले जनाएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।