सुतेकै ठाउँमा जंगली हात्तीले आ’क्रमण गर्दा एक महिलाको मृ’त्यु, तीनवटा घर पनि भत्कायो
चितवन, चैत ८ । जंगली हात्तीको आ क्रमणबाट चितवनमा एक महिलाको मृ त्यु भएको छ।
भरतपुर महानगरपालिका–१३ उजेलीनगर ५० वर्षीया तीलमाया भुजेलको आज बिहान सुतेकै ठाउँमा हात्तीको आ क्रमणबाट मृ त्यु भएको प्रहरीले जनाएको छ। भरतपुर १३ गङ्गानगरमा रहेको भाइको घरमा गएको बेला उनलाई हात्तीले आ क्रमण गरेको हो।
इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान करिब ४ः०० बजेको समयमा जङ्गली हात्तीको आ क्रमणबाट भुजेलको घटनास्थलमै मृ त्यु भएको हो। हात्तीले स्थानीयका तीनवटा घरसमेत भत्काएको छ।
हात्तीको आ क्रमणबाट भएको क्षतिको विवरण आइनसकेको प्रहरीले जनाएको छ। हात्तीले घर भत्काउन लागेपछि बाहिर निस्किएर भाग्ने क्रममा भुजेललाई हात्तीले आ क्रमण गरेको आफन्तले बताएका छन्। रासस


