पानीको सतह घटेको भए पनि विद्युत् उत्पादनमा कुनै अवरोध नआउने

मकवानपुर, १२ चैत । इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानीको इन्द्रसरोवर जलाशयमा वर्षात्को समयमा पर्याप्त पानी नपर्नका कारणबाट ग्याप भरिन नसकेको भए पनि नियमित विद्युत् उत्पादन गर्ने कार्यमा कुनै अवरोध नहुने कुलेखानी जलविद्युत् आयोजनाले जनाएको छ ।

कुलेखानी जलविद्युत् प्रथम आयोजनाका प्रमुख धीरेन्द्रप्रसाद चौधरीले आज रासससँग सङ्क्षिप्त कुराकानी गर्नुहुँदै इन्द्रसरोवर जलाशयमा आज अपराह्नसम्ममा करीब १९ मिटर उचाइको सतहमा पानी भरिन बाँकी रहेको भए पनि कुलेखानी प्रथमबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावार्ट गरी कूल १०६ मेगावाट विद्युत् उत्पादनलाई निरन्तरता दिने बताउनुभयो ।

उहाँले भीमफेदी गाउँपालिका– ४ को कुलेखानी प्रथम, भीमफेदी–२ को भैँसेबाट कुलेखानी दोस्रो र वडा नं १ सानोटारबाट उत्पादित विद्युत् काठमाडौँको केन्द्रित ग्रिटमा जोडिएको र अब वर्षाको मौसम नआउनजेलसम्म विद्युत्को उत्पादनमा घटबढ नहुने भएको स्पष्ट पार्नुभयो ।

कुलेखानीबाट उत्पादिन विद्युत् उपभोक्ताको मागबमोजिम काठमाडौँ, हेटौँडालगायत विभिन्न शहरका उपभोक्ता र औद्योगिक क्षेत्रका उद्योगमा विद्युत् आपूर्ति गर्दै आएको पनि कुलेखानी प्रथम आयोजनाका प्रमुख चौधरीले जानकारी दिनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖