किशोरीहरुलाई ज’बरजस्ती यौ’नज’न्य कार्यमा लगाउने ५ जना पक्राउ

काठमाडौं । किशोरीहरुलाई ज बरजस्ती यौ नजन्य कार्य गर्न लगाएको आरोपमा प्रहरीले होटल सञ्चालकसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ गर्नेमा सिन्धुली घर भई माकलबारी बस्ने २४ वर्षका सरगम भन्ने श्याकुमार भट्टराई, १८ वर्षकी मसेली भन्ने सुहाना तामाङ, काठमाडौं जोरपाटीका ५२ वर्षीय प्रकाश ढुंगेल, नुवाकोट घर भई मालबारी बस्ने २१ वर्षीया मिना थापा मगर र काठमाडौं गगालफेदीका ४७ वर्षीय राजकुमार सुनार छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार आफ्नी १८ वर्षकी छोरीलाई कपडा पसलमा काम लगाईदिने भन्दै सुहानाले लगेको र श्यामकुमारसँग मिलेर जवरजस्ती यौ नजज्य कार्य गर्न लगाएको भन्दै बुधबार उजरी परेको थियो । त्यसआधारमा प्रहरीले सुहाना र श्यामकुमारलाई पक्राउ गर्नुका साथै उनीहरुले बा लिका तथा कि शारीहरुलाई राख्न माकलबारीमा लिएको फ्याटमा छापा मार्‍यो । त्यहाँ युवतीहरुलाई खान बस्न मिल्ने व्यवस्थाका साथै ग र्भ नि रोधक अस्थायी साधनहरु पनि बरामद भएको प्रहरीले जनाएको छ ।

पी डित किशोरीलाई पाथिभरा फेमिली कटेज एण्ड खाजा घर सुन्दरीजलमा पुर्‍याएर जवरजस्ती करणी भएको भन्दै प्रहरीले होटल सञ्चालक प्रकाश ढुंगेल र मुना थापा मगरका साथै राजकुमार सुनारलाई पनि पक्राउ गरेको छ ।

अनुसन्धानका क्रममा सुहानाले आर्थिक अवस्था कमजोर भएका बालिका तथा युवतीहरुलाई कपडा पसल लगायतमा काम लगाउने प्रलोभन देखाएर श्यामकुमार कहाँ पुर्‍याउने गरेको पाइएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार श्यामले भने किशोरीहरको तस्वीर तस्वीर होटल सञ्चालहरुलाई तस्वीर पठाउने र ग्राहकसँग मोलमोलाई गरेर यौ नज न्य कार्य गर्न लगाएको पाइएको छ ।

१६ वर्षीया किशोरी भने उनीहरुलाई झुक्याएर भाग्न सफल भएपछि अभिभावकले उजुरी दिएको महानगरीय प्रहरी परिसर, भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक गिरीले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।