आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन कस्सिएका देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरुको बैठक बोलाएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आइतबार दिउँसो २ बजेका लागि पदाधिकारी बैठक बोलाइएको हो।

यो बैठकमा पूर्वपदाधिकारीलाई पनि बोलाइएको छ। बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टीको १४ औँ महाधिवेशनको तयारीबारे छलफल हुने भनिएको छ। भोलि (सोमबार) कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ। केन्द्रीय कार्यसमिति बैठकअघि देउवाले पदाधिकारीहरुसँग छलफल गर्न लागेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउनका लागि पहल गर्ने घोषणा गरेको कांग्रेसले आन्तरिक तथा बहुपक्षीय छलफललाई निरन्तरता दिएको छ । गएको शुक्रबार कांग्रेसले सत्ता समिकरणबारे नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग सानेपामा छलफल गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।