ट्रकको ठक्करबाट २१ वर्षीय बयलकोटीको मृ त्यु

झापा, ८ वैशाख । पूर्व–पश्चिम राजमार्गस्थित मेचीनगर नगरपालिका–१३ मा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको आज मृ त्यु भएको छ । मृ त्यु हुनेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–९ का २१ वर्षीय प्रवेश बयलकोटी रहेको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २८ प ८८९१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको मे १ ख ८११ नम्बरको ट्रकले मङ्गलबार राति ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घा इते उनलाई उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृ त्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि सवारी सोही स्थानका २२ वर्षीय सागर लिम्बु घा इते भएका छन् । उनको मनकामना अस्पताल चारआलीमा उपचार भइरहेको छ । प्रहरीले ट्रक र चालक झापा अर्जुनधारा नगरपालिका–२ का ५६ वर्षीय सुमन दनुवारलाई नियन्त्रणमा लिएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।