मुख्यमन्त्री शाहीलाई विश्‍वासको मत दिने एमालेका चार नेता प्रदेश सांसदबाट हटाइए

काठमाडौं । कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चार सांसदलाई नेकपा एमालले पार्टीको साधारण सदस्य र सांसदबाट हटाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी दसौं महाधिवेशन आयोजक कमिटी बैठकले फ्लोर क्रस गर्ने चार जनालाई पार्टी सदस्य र सांसद पदबाट कारबाही गर्ने निर्णय गरेको हो ।

एक केन्द्रीय सदस्यका अनुसार प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ । साथै बैठकको यो निर्णय यो निर्णय कार्यान्वयनका लागि कर्णाली प्रदेश सभामा पत्र लेख्ने निर्णय पनि बैठकले गरेको छ ।

ज्वाला केन्द्रीय सदस्य थिए भने अन्य ४ जना प्रदेश कमिटी सदस्य थिए । सांसद देवी ओलीले भने भूलवश फ्लोर क्रस गरेपछि सच्याए भन्दै आगामी दिनमा पार्टीको निर्णय मान्ने जवाफ पेस गरेपछि उनलाई थप स्पष्टीकरण सोध्ने निर्णय बैठकले गरेको छ । स्पष्टीकरण सोधिएका प्रदेशका पाँच सांसदले बिहीबार जवाफ पेस गरेका थिए ।

एमालेका ४ जना सांसदले फ्लोर क्रस गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका थिए । उनको पार्टी नेकपा माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र एमालेका ४ सहित २२ जना सांसद मत पाएपछि उनको पद जोगिएको हो । विश्वासको मतको लागि २० सांसद आवश्यक थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।