झापाको तीन नगरपालिकामा राप्रपाको नेतृत्व सम्हाल्दै महिला

झापा, १२ वैशाख (रासस) : राजनीतिक दलको नेतृत्व तहमा महिलाको सहभागिता न्यून भएको गुनासो बढिरहेका बेला झापाको तीन प्रमुख नगरमा राष्ट्रि«य प्रजातन्त्र पार्टीको नगर अध्यक्षमा महिला निर्वाचित हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको झापा जिल्ला सचिव केशव ओझाका अनुसार मेचीनगर, विर्तामोड र भद्रपुर नगर समितिको अध्यक्षमा क्रमशः सविना बजगार्इँ, रञ्जु प्याकुरेल र राधा कार्की चयन हुुनुभएको हो । झापामा १५ स्थानीय तह छन् ।

“अरु राजनीतिक दल भाषण र कागजमा मात्र समावेशीका कुरा गर्छन्”, पार्टीका जिल्ला सचिव ओझाले भन्नुभयो, “हामीले व्यवहारमै पार्टीमा महिलालाई नेतृत्व तहमा पु¥याएका छौँ ।” हरेक समितिमा ३३ प्रतिशतभन्दा ज्यादा महिलाको सहभागिता सुनिश्चित गरिएको उहाँले बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी आगामी महाधिवेशनका लागि पालिका तहसम्मै सङ्गठनलाई पुनर्गठन र बलियो बनाउने अभियानमा लागिरहेको उहाँले बताउनुभयो । यसअघि ती तीनवटै नगरमा पार्टीको नगर समितिको अध्यक्ष पदमा पुरुष थिए । मुलुकभरमा सो पार्टीले प्रतिनिधिसभाको गत निर्वाचनमा झापाबाटै मात्र एक सिट जितेको थियो । झापा निर्वाचन क्षेत्र नं ३ बाट राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । झापामा सो पार्टीले गत स्थानीय तहको निर्वाचनमा कचनकवल, हल्दिबारी र गौरीगञ्ज गरी तीनवटा पालिकाको अध्यक्ष पद जितेको थियो ।

पुरुषसँगको प्रतिस्पर्धाबाटै आफू पार्टी नेतृत्वका लागि निर्वाचित भएर आएको मेचीनगरका राप्रपा अध्यक्ष बजगाईँले बताउनुभयो । पार्टीको नेतृत्व तहमा आउन उहाँले अरु महिलालाई समेत आह्वान गर्नुभएको छ । “महिलाले इमान्दार र कुशलतापूर्वक पार्टीको नेतृत्व गर्छन् भन्ने विश्वासका साथ मलाई अधिवेशनबाट चयन गरिएको हो”, उहाँले अनुभवसमेत सुनाउँदै भन्नुभयो, “म पहिलेदेखि नै सामाजिक सेवाको क्षेत्रमा अग्रपङ्तिमा रहेर काम गरिरहेको र पार्टीको पनि पहिलो पङ्क्तिमै बसिसकेको हुँदा नगर अध्यक्षको जिम्मेवारी सम्हाल्न गाह्रो लागेको छैन ।”

गत स्थानीय निर्वाचनमा बजगाईँ मेचीनगरको र कार्की भद्रपुर नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवार हुनुभएको थियो । प्याकुरेल विर्तामोडको नगर सदस्य पदमा उम्मेदवार हुनुहुन्थ्यो । जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा महिलाले ओगटेको हुँदा महिला नै अध्यक्ष हुँदा सङ्गठन विस्तारमा सघाउ पुग्ने राप्रपा विर्तामोडका नवनिर्वाचित अध्यक्ष प्याकुरेल बताउनुहुन्छ । “आफ्नो पार्टीलाई अरुभन्दा अब्बल र जनमुखी बनाउने लक्ष्य लिएकी छु”, प्याकुरेल भन्नुहुन्छ, “हिन्दू राज्य र संवैधानिक राजसंस्था पार्टीको मुख्य एजेण्डा हो, यी कुरा जनतालाई बुझाउन अब हामी घरघर पुग्छौँ ।”

गणतन्त्रमा समान अधिकारको कुरा आए पनि नेपाली महिलाले अझैसम्म चुलोचौकामै सीमित हुनुपरेको बेला राप्रपाले तीनवटा नगरपालिकामा पार्टीको अध्यक्ष पदमा महिलालाई नै पु¥याउनु उदाहरणीय भएको राप्रपाका केन्द्रीय सदस्य माया गुरुङले बताउनुभयो । “म पञ्चायतकालमै उपप्रधानपञ्च निर्वाचित भइसकेको व्यक्ति हुँ”, केन्द्रीय सदस्य गुरुङले भन्नुभयो, “आजको युगमा महिलाले पुरुषको शासनमा खुम्चिएर बस्नु हुँदैन । हरेक पार्टीको अध्यक्ष मात्र होइन, स्थानीय तहको प्रमुख पदमै अब महिलालाई पु¥याउनु जरुरी छ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।