परीक्षा दिन हिँडेकी छात्राको ल’डेर मृ त्यु
सल्यान । परीक्षा दिन हिँडेकी एक छात्राको बाटामै ल डेर मृ त्यु भएको छ ।
मृ त्यु हुनेमा छत्रेश्वरी गाउँपालिका वडा नं २ अत्तरकाँडा निवासी चन्द्रकला सार्की छिन् ।
छत्रेश्वरी – १ स्थित भानुभक्त मावि दमाचौरमा कक्षा १० की सार्कीको आज बिहान गणित विषयको परीक्षा दिन जाने क्रममा बाटामै सल्ली कुसुममा चि प्लिएर ल डेपछि घटनास्थलमै मृ त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो ।


