मतदान अगावै राजीनामा दिने गुरुङको तयारी

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि आज मतदान हुँदैछ। पोखरास्थित प्रदेशसभा भवनमा दिउँसो १ बजे बस्ने बैठकमा आज बाँकी सांसदहरुले धारणा राख्ने क्रम सकिएपछि मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ । सांसदहरुले बोल्ने क्रम छोट्याएर मतदान गर्ने तयारी भएको सचिवालयकी उप–सचिव सपना अधिकारीले जानकारी दिइन्।

अस्ति गण्डकी प्रदेशको विशेष अधिवेशनमा नेपाली कांग्रेस संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले अविश्वासको प्रस्ताव पेस गरेका थिए। प्रस्तावमाथि छलफल सकेर मतदान गर्न लागिएको हो। अविश्वासको प्रस्तावमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका गरी २८ जना सांसदको समर्थन छ। यसअघि आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन लागेको थाहा पाएपछि मुख्यमन्त्री गुरुङले वैशाख १ गते राति नै संसद् अन्त्य गर्न सिफारिस गरेका थिए। लगत्तै प्रदेश प्रमुख अमिक शेरचनले सोही दिन मध्यरातमै संसद् अन्त्य गरेका थिए। तर, प्रतिपक्षी दलहरूले निवेदन दिएपछि प्रदेश प्रमुख शेरचनले संसदको विशेष अधिवेशन आह्वान गरेका हुन्।

यसअघि हिजोको प्रदेशसभा बैठक सत्तापक्ष एमालेकै सांसदले अवरोध गरेपछि आजसम्मका लागि स्थगित गरिएको थियो। कोरोना संक्रमणको जोखिम भएकोले बैठक बस्न नसक्ने भन्दै अवरोध गरेपछि हिजो नै सबै सांसद र प्रदेशसभाका कर्मचारीको कोरोना परीक्षण गरिएको छ।

आज परिक्षणको रिपोर्ट आएपछि बैठक बस्ने सचिवालयले तयारी गरेको छ। कोरोना पोजेटिभ देखिएकालाई पनि स्वाथ्य सुरक्षाका मापदण्ड र सामाजिक दुरी कायम गरी मतदानको व्यवस्था गरिएको प्रदेश सभा सचिवालयकी उप–सचिव अधिकारीले जानकारी दिइन्।

यता मुख्यमन्त्री गुरुङले आफू अल्पमतमा परेपछि निर्वाचन प्रक्रिया सुरु हुनु अगावै राजीनामा दिने तयारी गरेको स्रोतको दाबी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।