पार्टी भित्रको निरंकुशता स्विकार गर्न नसकिने :कोइराला

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले निरंकुशता अन्त्य गर्न स्थापित भएको पार्टी भित्रको निरंकुशता स्विकार गर्न नसकिने बताउनु भएको छ ।

आज विराटनगर स्थित कोईराला निवासमा पार्टीमा नव प्रवेशीहरुलाई स्वागत गर्दै कोइरालाले भन्नुभयोे,“नेपाली कांग्रेस निरंकुशता अन्त्य गरी लोकतन्त्र स्थापना गर्न बनेको पार्टी हो । त्यसैले पार्टीभित्रको निरंकुशता पनि कुनै हालतमा स्वीकार्य हुन सक्दैन ।”

उहाँले लोकतन्त्रको जगेर्ना नै कांग्रेसले गर्ने हो भन्ने विश्वास जधतामा आएको र अब देशलाई केही गर्न सक्छ भने कांग्रेसले नै गर्ने बताउनुभयो । राजनीति राजधानीको रुपमा मोरङको साख फर्कनु पर्छ भन्ने आवश्यकता महसुस हुन थालेको बताउँदै उहाँले यो विचार काठमाडौको पनि आवाज बन्ने दाबी गर्नुभयोे ।

कोइरालाले भन्नुभयोे,“अब मोरङको साख फर्कने छ भन्ने मेरो विश्वास छ ।” सोही अवसरमा संस्थागत विद्यालय महासंघ (प्याब्सन) का पूर्व मोरङ अध्यक्ष एवं केन्द्रीय सदस्य बासुदेव न्यौपाने, एन प्याब्सन राजन छाराहाङ, विवेकशील साझा पार्टीका नेता राजेश कर्ण, एनप्याब्सनका मोरङ कोषाध्यक्ष ईन्द्र नारायण साहलगायत कांग्रेसमा प्रवेश गरेका छन् ।

नवप्रवेशीको तर्फबाट बोल्दै छाराहाङले अबको देशको राजनीतिक परिवेशलाई निकास कांग्रेसले मात्र दिन सक्ने बुझेरै पार्टीमा आएको सुनाउनुभयो । नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति तथा मेयर भीम पराजुलीले कांग्रेसको लोकतान्त्रिक सिद्धान्तलाई आत्मसात गर्दै देशका विद्यमान समस्यालाई निकास दिइनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयोे,“अबको राजनीतिक निकास र देशको विकासको लागि कांग्रेसबाट मात्र सम्भव छ ।”

कांग्रेस १ नम्बर प्रदेश संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले अहिले स्वार्थको राजनीतिक अधिक बढेकोले सिद्धान्तको महत्व झन् चुलिएर गएको बताउनुभयो । उहाँले पार्टीमा गई चांडै फाइदा लिईहाल्छु भन्दा पनि योगदान दिन सक्छु भन्ने नेतृत्वको सबैतिर खड्किएको समेत वताउनुभयो । कार्कीले पार्टीलाई जीवित राख्न सिद्धान्तलाई लिएर अघि बढ्नु पर्ने बेला आएको बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।