‘सूर्य चिह्नबाट चुनाव लडेकालाई दल परिवर्तनको अधिकार छैन’

बुटवल, २० वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले संविधानले एउटा चुनाव चिह्न लिएर चुनाव जित्नेहरुलाई अर्को दल परिवर्तनको अधिकार नदिएको बताउनुभएको छ । उहाँले आज फेसबुक स्टाटस लेख्दै चुनाव चिह्न सूर्य लिएकाहरु आफ्ना पक्षमा भनेर देखाउने र त्यसका पक्षमा राष्ट्रिय पार्टीका नेताले वक्तव्य जारी गर्नु लज्जास्पद भएको जनाउनुभएको छ ।

मुख्यमन्त्री पोखरेलले सूर्य चुनाव चिह्न लिएर चुनाव लडेकाहरुको समर्थन कानूनी रुपमा समेत अन्य दललाई नहुने उल्लेख गर्दै संविधान निर्माणमा नेतृत्व गर्ने शेरबहादुर देउवा, पुष्पकमल दाहाल र उपेन्द्र यादवलाई नहुनु आश्र्चयको कुरा भएको बताउनुभयो । उहाँले भन्नुभएको छ, ‘अविश्वास प्रस्ताव दर्तापछि जनता समाजवादीका चार सदस्यलाई अल्पमतमा रहेका दलका सदस्यको सिफारिसका आधारमा कार्वाहीको षड्यन्त्रपूर्ण नाटक मञ्चन भएको छ ।’

मुख्यमन्त्री पोखरेलले कारवाहीपछि नेकपा (एमाले) बहुमतप्राप्त दल बनेको जिकिर गर्दै बहुमत प्राप्त दललाई सरकार सञ्चालनको संवैधानिक दायित्व रहन्छ भन्नुभएको छ । उहाँले संवैधानिक रुपमा उत्पन्न विवादको निरुपण भएर बहुमत गुमेका अवस्थामा सरकारमा रहिरहने कुरा सम्भव नभएको तर अहिलेको अवस्था त्यो नभएको बताउनुभएको छ ।

मुख्यमन्त्री पोखरेलले गत फागुन २३ को फैसलापछि विमलाकुमारी खत्री एमालेको प्रदेशसभा सदस्यका रुपमा सहभागी हुँदै आउनुभएको जानकारी दिँदै उक्त विवरण त्यतिबेला नै प्रदेशसभामा दर्ता भइसकेको बताउनुभएको छ । ‘मुख्यमन्त्रीको नियुक्तिपछि शपथ रोक्न प्रदेश प्रमुखको कार्यालयमा भएको धर्ना अनुचित हो ’ उहाँले भन्नुभएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।