संविधानको दिगो सम्वद्र्धनका लागि आफ्नो उम्मेदवारी ः गृहमन्त्री थापा

मकवानपुर, २४ वैशाख । नेकपा ९एमाले० का केन्द्रीय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापाले संविधानको दिगो सम्वद्र्धन तथा आर्थिक समृद्धिका लागि पार्टीको निर्देशनबमोजिम आफूले राष्ट्रियसभाको रिक्त सदस्य पदमा उम्मेदवारी दर्ता गराएको बताउनुभएको छ ।

आफ्नो उम्मेदवारी दर्ता गराएर काठमाडौँ फर्कने क्रममा आज स्थानीय सञ्चारकर्मीहरुसँगको सङ्क्षिप्त कुराकानीमा उहाँले नेकपा ९एमाले० को सङ्गठनलाई अनुशासित र मर्यादित तुल्याउँदै कार्यकर्ताहरुले नेतामुखी नभई जनतामुखी हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

गृहमन्त्री थापाले सङ्घीय सरकारले जनताको शान्तिसुरक्षाका लागि सातै प्रदेशमा उच्च सतर्कताको साथ सुरक्षा निकायलाई परिचालन गरिरहेको र प्रदेश सरकारले पनि आफ्नो स्रोत साधन परिचालन गरी कोभिड–१९ को सङ्क्रमित बिरामीलाई उपचार सेवा पु¥याउनेतर्फ एकमात्र लक्ष्य राख्नुपर्ने बताउनुभयो ।

यसैगरी नेपाली काँग्रेस, नेकपा९माओवादी केन्द्र० लगायतका पार्टीहरुको साझा उम्मेदवारका रुपमा रहनुभएका डा खिमलाल देवकोटाले देशको संविधानको मूल प्रवाहलाई ट्र्याकमा ल्याउने प्रयासका लागि आफूले उम्मेदवारी दर्ता गराएको बताउनुभयो । उहाँले प्रदेशको भूमिकालाई अझै जनमुखी, पारदर्शी र जिम्मेवार बनाउनु पर्नेमा जोड दिंदै जनताको बृहत् सहभागिताबाट ल्याइएको गणतान्त्रिक व्यवस्थालाई जीवन्त राख्न राजनीतिक दलहरुमा इमान्दारिताको खाँचो औँल्याउनुुभयो ।

यस्तै अर्का उम्मेदवार नेपाल मजदूर किसान पार्टीका नेता कृष्णबहादुर तामाङले पनि आफूलाई पार्टीले दिएको निर्देशनबमोजिम उम्मेदवारी दर्ता गरेको बताउनुभयो । देशको संविधान, ऐन तथा कानूनलाई आत्मसात् गर्दै नेपाली जनताको हितमा सधैँ स्वार्थरहित भएर अगाडि बढ्ने उहाँले दृढता व्यक्त गर्नुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।