एमाले खनाल-नेपाल समूहका २२ सांसदले सामूहिक राजीनामा दिँदै, बुझाए हस्ताक्षर

काठमाडौं । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहमा रहेका प्रत्यक्ष निर्वाचित २२ सांसदले सामूहिक राजीनामा गर्नेगरी हस्ताक्षर संकलन गरेका छन्। उनीहरूले आजै साँझसम्म राजीनामा दिने तयारी गरेको स्रोतको दाबी छ । नेपाल समूहले राजीनामाको तयारी गरेसँगै नेकपा एमालेको विभाजन निश्चित देखिएको छ।

शनिबार राति त्रिपुरेश्वरस्थित एक घरमा बसेको खनाल–नेपाल समूहका सांसदहरूको बैठकमा पार्टीलाई एकताबद्ध बनाउन अन्तिमसम्म हदैसम्मको लचकता अपनाउने तर ढोका बन्द गरिए सामूहिक राजीनामा दिनेगरी सबैले हस्ताक्षर गरेका हुन्।

प्रधानमन्त्री ओलीको हठकै कारण विभाजन हुने अवस्थामा पार्टी पुगेको भन्दै अधिकांश सांसदले पूर्व पार्टी प्रमुख र सबैभन्दा सिनियर नेताको हैसियतमा वरिष्ठ नेता नेपाललाई आईतबार दिनभर एकता जोगाउने काममा अग्रसरता लिन सुझावसमेत दिएका छन्।

बैठकमा खनाल–नेपाल समूहका तर्फबाट संस्थापन पक्षका दोस्रो तहका नेताहरूसँग भईरहेको नियमित छलफलबारे नेताहरू घनश्याम भूसाल, योगेश भट्टराई र गोकर्ण विष्टले ब्रिफिङ गरेका थिए । उनीहरूले २ जेठ २०७५ अघिको पार्टी पदाधिकारीसहितको स्थायी कमिटी बैठक बस्ने र कार्यदललाई तत्कालीन कमिटी ब्यूँताउनेगरी कार्यादेश दिने बित्तिकै सकारात्मक दिशाउन्मूख छलफल मिल्नसक्ने तहमा पुगेको ब्रिफिङ गरेका थिए। उनीहरूले शुक्रवार महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्बाङ र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालसँग छलफल गरेका थिए।

प्रधानमन्त्री ओली समूहका नेताहरू तत्कालीन एमाले स्थायी कमिटीको बैठक बोलाएर २८ फागुनको निर्णयलाई अनुमोदन गराउने तथा बेग्लै कार्यदल बनाएर २ जेठ ०७५ अघिको कमिटी ब्यूँताउने विषयमा सहमत रहेको बैठकमा ब्रिफिङ भएको थियो। तर, आफूहरूले तत्कालीन एमालेको पदाधिकारीसहितको स्थायी कमिटी बैठकबाट २८ फागुनको बैठकको निर्णय अनुमोदन गर्ने तथा कार्यदललाई २ जेठ २०७५ अघिको कमिटीहरू ब्यूँताउनेगरी स्पष्ट कार्यादेश हुनुपर्ने अडान राखेपछि विना निष्कर्ष शुक्रवारको छलफल टुंगिएको जानकारी गराएका थिए। प्रधानमन्त्री ओली समूहका नेताहरूले त्यसबारे प्रधानमन्त्रीसँग सोधेर छलफलमा बस्ने भने पनि संवादका लागि पहल नभएपछि खनाल–नेपाल समूहका नेताहरू अन्तिम रणनीति तय गर्न राती अबेरसम्म छलफलमा जुटेका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।