प्रधानमन्त्री ओलीलाई विश्वासको मत पाउन मुस्किल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका जसपाका अध्यक्ष ठाकुर र नेता महतोले विश्वासको मत दिन नसकिने जानकारी गराएका हुन् ।

आज विहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर अध्यक्ष ठाकुर र बरिष्ठ नेता महतो बालुवाटार पुगेका थिए । उक्त भेटमा प्रधानमन्त्री ओलीले विश्वासको मत माग गरेका थिए ।

सोही क्रममा उनीहरुले आफूहरुको माग पूरा नभएको कारण प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसक्ने जानकारी गराएका हुन् ।

विश्वासको मतको आस नगर्न आफूहरुले जवाफ दिएको दिएको भन्दै नेता महतले भने, ‘पार्टीमा पनि अप्ठ्यारो भएकाले हामी तपाईलाई विश्वासको मत दिँदैनौं भन्यौँ । विश्वासको मत दिँदा पार्टी फुट्छ । पार्टी किन फुटाउनु ।’

त्यस्तै, उनीहरुले आफ्नो केही माग पूरा भएकाले प्रधानमन्त्री ओलीको विपक्षमा भने मत नदिने आश्वासन दिएका बताइएको छ । जवाफमा प्रधानमन्त्री ओलीले अदालतबाट अनुमति लिनुपर्ने भएकाले समय लागेको बताएका थिए ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत पाउन मुस्किल

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार विशेष अधिवेशन बोलाइएको छ । ओलीले विश्वासको मत पाउन १३६ मत चाहिन्छ ।

प्रधानमन्त्री ओलीको नेकपा एमालेका १२१ सांसद रहेका छन्, भने ४९ सांसद भएको नेकपा (माओवादी केन्द्र)ले हालै मात्र समर्थन फिर्ता लिइसकेको छ । त्यस्तै, ६१ सांसद भएको नेपाली कांग्रेसले पनि विपक्षमा मत दिने निर्णय गरिसकेको छ ।

त्यस्तै, ३२ सांसद भएको जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले यसअघि नै ओलीको विपक्षमा मत दिने निर्णय गरिसकेको छ, भने महन्थ –राजेन्द्र पक्षले पनि विश्वासको मत नदिने बताएका छन् । योसँगै प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन मुस्किल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।