देउवालाई प्रधानमन्त्री बनाउन नमान्ने बाबुराम भट्टराईको संकेत

काठमाडौं, बैशाख २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने कसरत भइरहेका बेला सहयोगी मानिएको जनता समाजवादी पार्टीकै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले यसमा असहमति जनाउने संकेत गरेका छन्।

जसपामा अध्यक्ष महन्थ ठाकुर पक्ष नयाँ सरकार बनाउने पक्षमा नरहे पनि डा. भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष ओलीको विकल्प खोज्नुपर्ने विषयमा जोडदार रूपमा लागिपरेको छ।

तर यहीबीच बुधबार बिहान सामाजिक सञ्जालमार्फत डा. भट्टराईले देउवाको नेतृत्वमा सरकार बनाउन नमान्ने संकेत गरेका हुन्।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्री बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका हुन्।

उनले देशको संकट समाधानका लागि ४ उपाय प्रस्तुत गर्दै संविधानको धारा ७६ (२) बमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्वप्रम बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाई एक वर्षभित्र चुनाव गर्नुपर्ने धारणा अघि सारेका छन्।

डा. भट्टराईले लेखेका छन्, ‘देशको संकट हल गर्न यसो गरौं : १. धारा ७६ (२) बमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्वप्रम बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं २. दलका प्रमुख/पूर्वप्रम रहेको निर्देशक समिति, ३. साझा न्यूनतम कार्यक्रम/कोभिड नियन्त्रण, टीआरसी/मुद्दा, संविधान संशोधन, आर्थिक राहत इ. लागू ४. एक वर्षभित्र चुनाव।’

गत सोमबार संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत हासिल गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पुर्‍याई नयाँ सरकार गठनका लागि दिएको ३ दिनको समय भोलि वैशाख ३० गते सकिँदैछ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर नयाँ सरकार गठन गर्ने भनिए पनि जसपाकै महन्थ ठाकुर पक्षले साथ नदिने भएपछि कसरी बहुमत पुर्याउने भन्ने विषयमा तीव्र छलफल चलिरहेका बेला साथ दिने भनिएकै पक्षका नेता डा. भट्टराईको फरक अभिव्यक्ति आएको हो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।