‘अक्सिजनका लागि मेरो हजार’ अभियानमार्फत सहयोग

जाजरकोट, ‘अक्सिजनका लागि मेरो हजार’ अभियानमार्फत जाजरकोटमा १५० वटा अक्सिजन सिलिण्डर रिफिल गरिएको छ ।

विश्व महामारीका रूपमा फैलिएको कोराना भाइरसको सङ्क्रमण बढ्दै गएको र जिल्लामा अक्सिजनको अभाव हुनसक्ने कुरालाई ध्यानमा राखेर अक्सिजनका लागि आर्थिक सङ्कलन अभियान शुरु गरिएको थियो ।

पत्रकार भरत शर्मा, सरोज वली तथा विद्यार्थी नेता दिनेश गौतमलगायतको नेतृत्वमा सञ्चालित अभियानमा सङ्कलन भएको रकमले जिल्ला अस्पतालमा रहेका १५० वटा अक्सिजन सिलिण्डर रिफिल गरिएको हो ।

युवा पत्रकारसँगै जाजरकोट जुनिचाँदे घर भई हाल जापानमा अध्ययनरत खिमराज शाहको सक्रियतामा रु दुई लाख १८ हजार सङ्कलन गरिएको थियो ।

पत्रकार शर्मा र वलीको संयुक्त दस्तखतबाट ज्योति विकास बैंक, जाजरकोट शाखामा खोलिएको खातामा जम्मा भएको उक्त रकममध्ये रु ९० हजार १५० वटा अक्सिजन सिलिण्डर रिफिल गर्न ९० हजार स्वास्थ्य सेवा कार्यालयको खातामा जम्मा गरिएको हो ।

बाँकी रु एक लाख २८ हजारको स्वास्थ्य सामग्री खरिद गरी हस्तान्तरण गरिएको शर्माले जानकारी दिनुभयो । कोरोना महामारीबाट बच्न आवश्यक मास्क, व्यक्तिगत सुरक्षा सामग्री, सेनिटाइजर, अक्सिमिटरलगायतका सामग्री खरिद गरी जिल्लाको भेरी नगरपालिका र जुनिचाँदे गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।