हा,त्ती छेक्न लगाइएको क,रेन्टमा परी महिलाको मृ,त्यु,

झापा, जङ्गली हात्ती छेक्न खेतमा लगाइएको करेन्ट लागेर बुद्धशान्ति गाउँपालिका ३ की ४८ बर्षीया विष्णुमाया बास्कोटाको मृ,त्यु, भएको छ ।

आज बिहान ५ बजे घर नजिकै आफ्नै खेतमा लगाइएको विजुलीको नाङगो तारमा करेन्ट लाग्दा उहाँ घाइते हुनुभएको थियो । घाइते बास्कोटाको उपचारको क्रममा विर्तामोडस्थित विर्तासिटी अस्पतालमा मृ,त्यु, भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्लामा हात्ती धपाउन लगाइएको विजुलीको तारबाट करेन्ट लागेर यस अघि चारजनाको मृ,त्यु, भएको छ । जसमध्ये दुई जना बुद्धशान्ति गाउँपालिकाकै रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

यो पनि पढ्नुहोस

मध्यपुरथिमि,नेपाल भाषा संरक्षण अभियानले विधालयस्तरमा स्थानीय मातृभाषा (नेपाल भाषा)को विषय अनिवार्य अध्यापन गराउन माग गर्दै मध्यपुरथिमि नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

नगरपालिकाको विद्यालयस्तरमा स्थानीय मातृभाषाको विषय अनिवार्य अध्यापन गराउनु पर्ने माग गर्दै नगर प्रमुख मदनसुन्दर श्रेष्ठलाई नेपाल भाषा संरक्षण अभियानका संयोजक कृष्णकाजी मानन्धर, सदस्यहरु नवीनप्रकाश श्रेष्ठसहितको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

नगर प्रमुख श्रेष्ठले ज्ञापनपत्र बुझ्दैे आगामी असार ७ गतेदेखि शुरु हुने मध्यपुरथिमिको नगर परिषद्को बैठकमा यसलाई प्रस्तावको रुपमा पेश गरी अगाडि बढाउने बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖