दुई दिनदेखि अवरुद्ध राजमार्ग खुलाउन समस्या

बैतडी,सडक माथिबाट पहिरो खस्दा दुई दिनदेखि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलाउन समस्या भएको छ । बैतडीको खोड्पेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका–६ स्थित ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा सोमबार रातिदेखि अवरुद्ध बनेको थियो ।

लगातारको वर्षाका कारण सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । सडक माथिबाट ठूलो पहिरो खसेको र पहिरो पन्छ्याउन समस्या भएको हो ।

उहाँले भन्नुभयो, “जेसिबी मङ्गलबारदेखि तयारी अवस्थामा रहेको छ, लगातारको वर्षाले पहिरो खस्ने क्रम नरोकिएकाले पन्छाउन समस्या भएकोे छ ।”

राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्स, मालवाहक सवारी साधन, अत्यावश्यक कामका लागि हिँडेका यात्रुहरू दुई दिनदेखि बीच बाटोमै रोकिएका छन् ।

बझाङबाट धनगढी, महेन्द्रनगर, काठमाडौँ, डडेल्धुरा, बैतडी र बझाङ भित्रिने ५० भन्दा बढी सवारी साधन र १०० भन्दा बढी यात्रुहरू पहिराका कारण रोकिएका प्रहरीले जनाएको छ । पहिराका कारण उक्त राजमार्ग बेलाबेला अवरुद्ध हुने गरेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖