विकासका पथमा लम्कँदै नेपालगञ्ज

नेपालगन्ज, भौतिक पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकतामा राखेर नेपालगञ्ज उपमहानगरपालिकाले योजनाहरु सञ्चालन गर्दै आएको छ । उपमहानगरपालिकाले प्राथमिकताका आधारमा साना, ठूला विकास योजनाको काम वडा तहसम्म सञ्चालन गर्दै आएको छ । “हामीले बजेटका आधारमा योजनाहरु छुट्याएर विकास निर्माणको काम सञ्चालन गर्दै आएका छौ”, नगरप्रमुख डा। धवलशम्शेर राणाको भनाइ छ ।

पक्की वाटो, ढल निकास, नाला, खानेपानी, नयाँ छात्रा कलेज, सामुदायिक विद्यालयको भौतिकस्तर वृद्धि, पर्यटकीय विकासको आधार बनेको रानीतलाउ चिल्ड्रेन पार्क लगायतको संरचनाको जिर्णोद्धार र नयाँ निर्माण लगायतका लागि उपमहानगरपालिकाले बजेट छुट्याएको छ ।

त्यसैगरी, सीमान्तकृत र पछाडि पारिएका समुदायको सामाजिक विकासका लागि पनि सीप र रोजगार सम्बन्धी कार्यक्रम उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको छ । “पछाडि परेका क्षेत्र र समुदायलाई विकासको मूलप्रवाहमा ल्याउन बजेट र कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ”, नगरप्रमुख राणाको भनाइ छ, “ठूलाठूला नगरस्तरीय योजना नेपालगन्ज उपमहानगरपालिकाले सञ्चालन गर्ने र वडास्तरीय योजना वडा कार्यालयकै जिम्मा लगाइएको छ ।”

यसैगरी, उपमहानगरपालिकामा पाँच वर्षदेखि एशियाली विकास बैंकको सहयोगमा शहरी विकास योजना अन्तर्गत बाटो, नाला, ढल निकास, खानेपानी र विद्युत विस्तारको काम भइरहेको छ । यी योजनावाट नेपालगन्जको सडक चौडा भएका छन् भने वर्षातमा हुने डुबानको समस्यावाट पनि नेपालगन्ज मुक्त भएको छ ।

“स्थानीय तहमा वर्षौसम्म जनप्रतिनिधि नहुँदा कर्मचारीहरुले नगरको विकासका लागि ठोस काम केही गरेनन् तर, अहिले अवस्था फेरिएको छ । नगरपालिका जनप्रतिनिधिहरुले एकैपटक सबै काम गर्न नसके पनि प्राथमिकताका आधारमा विकास निर्माणका काम क्रमशः गर्दै आएका छन्”, नगर प्रमुख डा। राणाको तर्क छ ।

नेपालगन्ज उपमहानगरपालिकामा कृषि विकासको सम्भावना पनि प्रशस्त छ । संघीय संरचनाको क्रममा थपिएका थप ६ वटा वडा त्यहाका स्थानीयको मुख्य व्यवसाय कृषि नै भएकाले कृषि विकासको सम्भावना देखिएको हो ।

कूल २३ वडा रहेको उपमहानगरपालिका पूर्वी र उत्तरी क्षेत्रका वासिन्दा कृषि पेशामा आवद्ध भएकाले कृषि उत्पादन र कृषिजन्य व्यवसायको राम्रो सम्भाव्यता रहेको छ । जिल्ला कृषि विकास कार्यालय खारेज भएर नेपालगन्ज उपमहानगरपालिकामा कृषि शाखाका रुपमा प्रतिस्थापन भएपछि कृषि र कृषिजन्य व्यवसायको सम्भावना बढेको हो ।

त्यसैगरी, उपमहानगरपालिकाले कोरोना महामारीको जोखिम कम गर्न तथा सङ्क्रमितको जीवन रक्षाका लागि आइसोलेशन कक्षको स्थापना, सीमानाकामा हेल्थ डेस्क सञ्चालन, सरकारी तहवाट सञ्चालित भेरी अस्पतालको स्तरवृद्धिका लागि समेत रकम विनियोजन गरेको छ ।

नगरप्रमुख राणाका अनुसार, गत आर्थिक वर्षको रु एक अर्ब ४९ करोड ४२ लाख बजेट अन्तर्गत उपरोक्त योजनाहरु सञ्चालन गरिएको हो । आर्थिक वर्षमा अधिकांश पुराना र केही नयाँ योजनामा बजेट विनियोजन हुनेछ । “बजेट निर्माणको काम धमाधम भइरहेकाले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट चालू आर्थिक वर्षकै हाराहारीमा वा केही बढेर आउन सक्छ”, उहाँले भन्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।