प्राकृतिक प्र,कोपमा परेका जिल्लालाई पाँच करोड विनियोजन

वाग्मती, वाग्मती प्रदेश सरकारले प्रदेशभित्र प्राकृतिक प्र,कोप परेका विभिन्न जिल्लामा रु पाँच करोड आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । प्रदेश वि,पद् व्यवस्थापन कोषबाट उक्त रकम उपलब्ध गराउने भएको हो ।

पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाको विभिन्न बा,ढीका कारण सिर्जित कटान, पटान, डु,बान, आवागमन अवरोधलगायतका पूर्वाधारहरूमा भएको क्ष,तिको तत्काल रोकथाम, नियन्त्रण र मर्मत गरी अवरुद्ध सेवा पुनः सञ्चालन गर्न जिल्ला वि,पद् व्यवस्थापन समिति, सिन्धुपाल्चोकलाई रु एक करोड उपलब्ध गराइने भएको छ ।

यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालायबाट मातहतका जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयमार्फत सम्बन्धित जिल्ला वि,पद् व्यवस्थापन समितिको सिफारिसमा आकस्मिक वि,पद् व्यवस्थापनसम्बन्धी कार्य गर्न सिन्धुपाल्चोक, चितवन र रसुवाका जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयलाई रु ५०÷५० लाख दिने जनाइएको छ ।

यस्तै काठमाडाँै, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ, नुवाकोटका जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयलाई रु २५÷२५ लाखका दरले दिने भएको छ ।

त्यसैगरी वि,पद् प्रभावित क्षेत्रमा खानेपानी तथा सरसफाइसम्बन्धी प्रबन्ध गर्न सम्बन्धित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयलाई तथा क्षति भएका सडक, पुल तथा अन्य अत्यावश्यक पूर्वाधार तत्काल मर्मत तथा निर्माण गर्न सम्बन्धित पूर्वाधार विकास कार्यालयहरूलाई समन्वयात्मक ढङ्गबाट उल्लेखित कार्य सम्पादन गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने जनाएको छ ।

यही असार १ गते सिन्धुपाल्चोकमा आएको बा,ढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालन गर्न प्रदेश वि,पद् व्यवस्थापन कोषबाट रु १० लाख मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उपलब्ध गराइने भएको छ । प्रतिष्ठानको व्यवस्थापनमा यही असार ९ गतेदेखि स्वास्थ्यकर्मी र औषधिसहितको स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖