एमाले स्थायी कमिटी बैठक ४ बजे

काठमाडौँ, २७ असार । नेकपा(एमाले) स्थायी कमिटी बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ । एमाले विवाद समाधान कार्यदलको बैठक चलिरहेका सन्दर्भमा स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । कार्यदलले सहमति तयार गरेमा आजै स्थायी कमिटीमा अनुमोदनका लागि पेश गरिने जनाइएको छ ।

सिंहदरबारमा आज बिहान ९ बजे शुरु भएको कार्यदल बैठक अहिले पनि जारी छ । कार्यदलका सदस्यले आजै सुखद् समाचार आउने जानकारी शनिबार दिनुभएको थियो ।

मध्यपुरथिमिको बजेट पारित

भक्तपुर, मध्यपुरथिमि नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि रु तीन अर्ब ३८ करोड ४९ लाख ३५ हजारको बजेट सर्वसम्मतिले पारित गरेको छ ।

विगत वर्षमा विवाद र बहिष्कारले बजेट पारित गर्न हम्मे पर्ने नगरपालिकाले यस वर्ष पाँचौ नगरसभामा उपप्रमुख अञ्जनादेवी मधिकर्मीले सभामा प्रस्तुत गर्नुभएको बजेट व्यापक छलफलपछि सर्वसम्मतिले पारित गरेर उदाहरणीय नमूना प्रस्तुत गरेको हो ।

नगरसभाले चालू तथा पूँजीगततर्फ रु एक अर्ब ९२ करोड ३४ लाख ४८ हजार, कमेरोटार जग्गा एकीकरण आयोजनातर्फ रु ८० करोड २१ लाख ११ हजार र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालतर्फ रु ६५ करोड ९३ लाख ७६ हजार बजेट पारित गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाले स्वास्थ्यतर्फ नेपाल कोरियामैत्री नगरपालिका अस्पताल सञ्चालन तथा व्यवस्थापन ऐन २०७७ लाई संशोधन गरी सञ्चालक समिति १५ जनाको बनाएर पूर्णता दिइने, अस्पतालका लागि वडा नं २ र ३ मा स्वास्थ्य चौकी आगामी वर्ष सञ्चालनमा ल्याउने, एमआरआई, क्याथ ल्याब, सिटिस्क्यान र ब्लड बैंक सञ्चालनका लागि रु १९ करोडको बजेट पारित गरेको नगरपालिकाका प्रवक्ता राम थापाले जानकारी दिनुभयो ।

त्यस्तै उक्त अस्पतालको पूर्वाधार विकासका लागि रु एक करोड, कोभिड व्यवस्थापनका लागि रु एक करोड, जातीगालको शहरी स्वास्थ्य क्लिनिक भवन निर्माणका लागि रु लाखको बजेट विनियोजन गरिएको छ ।

नगरसभाले कर्मचारी समायोजन विधेयक २०७८ पारित गर्नाका साथै उपभोक्ता समितिमार्फत सञ्चालन हुने नगरस्तरीय योजनामा उपभोक्ता समिति गठन गर्दा उपप्रमुख तथा वडाध्यक्षको अनिवार्य उपस्थिति र वडास्तरीय उपभोक्ता समिति गठन गर्दा नगरप्रमुख तथा उपप्रमुख उपस्थिति हुनुपर्ने नियम बनाएको छ ।

नगरसभाले नगरपालिकामा कार्यरत कर्मचारीको समायोजनका लागि कर्मचारी समायोजन विधेयक–२०७८ स्वीकृत गरेको छ । उक्त विधेयकले स्थानीय स्वायत्त ऐन २०५५ र सोको नियमावली २०५६ बमोजिम स्थायी नियुक्ति भएका कर्मचारीको समायोजनका लागि बाटो खुला गरेको छ ।

सभाले नगरपालिकामा कार्यरत नगर सामाजिक परिचालिकालाई निरन्तरता दिँदै निजको खाइपाइ आएको पारिश्रमिकमा रु दुई हजार बढाउने निर्णय गरेको छ । नेपाल कोरियामैत्री नगरपालिका अस्पताल सञ्चालन तथा व्यवस्थापन ऐन २०७७ संशोधन गरी १३ सदस्यीयबाट दुई थप गरी १५ जनाको सञ्चालक समिति रहने गरी पारित गर्ने निर्णय गरिएको छ ।

सभाले नगरपालिकामा हाल कार्यरत २० नगर स्वयंसेवकलाई व्यवस्थापन गर्ने निर्णय गर्दै हाल कार्यरत नगर प्रहरीलाई निरन्तरता दिँदै बाँकी दरबन्दीमा नियमानुसार सेवा करारमा पदपूर्ति गर्ने निर्णय गरेको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖