एमाले फुटाउन अध्यादेश ल्याइए देशभर आ’गो बा’ल्छौं : महेश बस्नेत

काठमाडौँ, नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री महेश बस्‍नेतले यदि सरकारले एमाले फुटाउने नियतले अध्यादेश ल्याएमा देशभर आ गो बाल्ने चेतावनी दिएका छन् । युथ फोर्सको भ्याली कमाण्ड गठन कार्यक्रमलाई शनिबार सम्बोधनका क्रममा राष्ट्रिय युवा संघका इन्चार्ज बस्नेतले एमाले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने षड्यन्त्र भइरहेको पनि उल्लेख गरेका छन्।

‘पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा त्यसलाई फेल गराइयो’, उनले भने, ‘अहिले फेरि एमाले नै फुटाउन अध्यादेश ल्याउन खोजियो भने देशभर आ गो बल्छ ।’

नेता बस्नेतले युथ फोर्स जन्मिँदा पार्टीभित्रै र बाहिर पनि कतिपय प्रश्न उठेको बताउँदै धेरै आशंका बोकिरहन आवश्यक नरहेको पनि बताएका छन्। बस्नेतले युथ फोर्सले मित्रलाई पञ्जाले सलाम गर्ने तर शत्रुहरूलाई मुठीले नै प्रतिवाद गरेर तह लगाउने बताए।

राजधानीमा शनिबार भएको भेलाका क्रममा युथ फोर्सका कार्यकर्ताले सडकमा मोटरसाइकल र्‍पालीसहित शक्ति प्रदर्शन गरेका थिए। आजको भेलाले ११ सय एक सदस्यीय उपत्यका कमाण्ड फोर्स बनाएको छ। अध्यक्ष केपी ओली पक्षले युथ फोर्स र माधव नेपालले अखिल फोर्स बनाएकोमा एमालेभित्रबाटै आलोचना भइरहेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।