केपी ओलीले यी चार वटा काम गरे म एमालेमा फर्कन तयार छु : माधब नेपाल

काठमाडौं । नेकपा (एमाले) विभाजन गरेर निर्वाचन आयोगमा नेकपा ९एकीकृत समाजवादी० पार्टी दर्ताको प्रक्रियामा गएका माधव नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

आज दिउँसो नेता नेपाल राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुगेका हुन् । उक्त भेटवार्तामा नेता नेपाललाई पार्टी विभाजन किन गरेको रु भन्दै राष्ट्रपति भण्डारीले प्रश्न गरेको स्रोतको दाबी छ ।

राष्ट्रपति भण्डारीले दल विभाजन हुनु लोकतन्त्रको लागि राम्रो कुरा नभएको भन्दै अझैपनि मिल्नको लागि प्रयास गर्न नेता नेपाललाई सुझाएकी थिईन् । उच्च स्रोतकाअनुसार नेता नेपालले भने आफू एमालेमा फर्कनको लागि अध्यक्ष केपी शर्मा ओलीले तीन वटा काम गर्नुपर्ने शर्त राखेका छन् । उनले राखेको पहिलो शर्त हो–आफूलगायत १४ जना सांसदलाई गरेको कारबाही फिर्ता लिने ।

एमालेले माधव नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नको लागि संसद् सचिवालयलाई पत्राचार गरेको छ । र, कारबाहीको लागि ताकेता पनि गरेको छ। त्यस्तै, नेपालले राखेको दोस्रो शर्त हो–केपी ओलीले पहिलो र दोस्रो दुवै पटक गरेको संसद् विघटन गल्ती थियो भनेर माफी माग्नुपर्ने ।

तर, अध्यक्ष ओलीले भने कुनैपनि हालतमा माफी नमागिने स्पष्ट पारिसकेका छन् । बरु, आफूले संसद् विघटन गरेको कुराको अहिले औचित्य पुष्टि भएको उनको जिकिर छ ।

त्यस्तै, नेता नेपालले राखेको तेस्रो शर्त भनेको–एकता कार्यदलले यसअघि ल्याएको १० बुँदे सहमतिको अक्षरश कार्यान्वयन गर्नुपर्ने । नेता नेपालले राखेको यो तेस्रो शर्त भने अध्यक्ष ओलीले मान्ने भनेर आजमात्रै दोस्रो तहका नेताहरुसँग सहमति गरिसकेका छन् ।

आज विहानमात्रै आफूलाई भेट्न आएका नेताहरुलाई उनले दश बुँदे सहमतिको कार्यान्वयन हुने प्रतिबद्धता जनाएका थिए । त्यस्तै, भोलि नै स्थायी कमिटीको बैठक राखिएकोले सबै नेताहरु त्यहाँ आउनपनि उनले आग्रह गरेका छन् । नेता नेपाललाई भने दल दर्ताको लागि सनाखत गर्न बुधबार निर्वाचन आयोगले बोलाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।