नेकपा (एकीकृत समाजवादी) को बैठक सुरु
काठमाडौँ, १३ भदौ । नेकपा (एकीकृत समाजवादी) को संसदीय दल गठनका लागि आज बैठक बसेको छ ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको सांसद कृष्णलाल महर्जनले जानकारी दिनुभयो ।
यही भदौ ९ गते निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएको नेकपा (एकीकृत समाजवादी) को पहिलो पटक बसेको यस बैठकले सो दलको संसदीय दलको नेता चयन गर्ने बताइएको छ ।
यो पनि पढ्नुहोस्..
धादिङ, १३ भदौ । सडकमाथिबाट आएको प,हिरोका कारण त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडकखण्ड आज अवरुद्ध भएको छ ।
नागढुङ्गा नजिकै चिसापानी धारा आसपास क्षेत्रमा प,हिरो जाँदा राजमार्ग अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिनुभयो।
पानी परिरहेकाले प,हिरो पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध भएका कारण सवारी साधनको सात किलोमिटरसम्मको लाइन लागेको छ ।
सुरुङमार्ग निर्माण भइरहेको सिस्नेखोला नजिकै पनि राजमार्ग फराकिलो पार्ने क्रममा सडकमाथिबाट प,हिरो खस्दा पटकपटक राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती खेपिरहेका छन्।


