संसदीय दलको कार्यालय स्थापना
काठमाडौँ, १७ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीको आज संसदीय दलको कार्यालय स्थापना भएको छ ।
सो पार्टी प्रतिनिधिसभा संसदीय दलका नेता माधवकुमार नेपाल र राष्ट्रियसभा संसदीय दलका नेता वेदुराम भुसालले आ–आफ्नो जिम्मेवारी सम्हाल्नुभएको सांसद कल्याणीकुमारी खड्काले जानकारी दिनुभयो ।
आइतबार बसेको संसदीय दलको बैठकले सर्वसम्मतरूपमा उहाँहरु संसदीय दलको नेतामा चयन गरेको थियो ।
यही भदौ ९ गते निर्वाचन आयोगबाट नेकपा (एकीकृत समाजवादी)ले नयाँ दलको मान्यता पाएको थियो ।


