गोकुल बाँस्कोटाको क्षेत्रबाटै निर्वाचित दुई सांसद एकीकृत समाजवादी पार्टीमा

काठमाडौं । एमाले सांसद एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्रका दुवै प्रदेश सांसद नेकपा (एकीकृत समाजवादी) मा लागेका छन्।

बाँस्कोटाको निर्वाचन क्षेत्र काभ्रे २ को प्रदेश निर्वाचन क्षेत्र-१ का लक्ष्मण लम्साल र प्रदेश निर्वाचन क्षेत्र-२ का बसुन्धरा हुमागाईं दुवैले एकीकृत समाजवादी रोजेका छन्।

२०७४ को निर्वाचनमा लम्सालले २७ हजार ६ सय २१ मत ल्याएका थिए भने हुमागाईंले २८ हजार ६ सय ७७ मत ल्याएकी थिइन्।

एमाले विभाजनपछि बागमती प्रदेशका १२ सांसदले एकीकृत समाजवादी रोजेका छन्।

केन्द्र र सातै प्रदेशमा नै ओली एमाले नेतृत्वको पत्तासाफ !

केन्द्रबाट सत्ता च्यूत हुन थालेको नेकपा एमालेको अब प्रदेशमा पनि एकपछि अर्को हुदै नेतृत्व पत्तासाफ हुने भएको छ । पहिले केन्द्र र चार वटा प्रदेशमा एमालेको नेतृत्व रहेका थियो ।

केन्द्रमा ओलीले आफ्नो नेतृत्व रहेको सरकार जोगाउन नसक्दा त्यसको असर प्रदेशमा पनि देखियो । केन्द्रमा ओलीले सत्ता बचाउँन नसकेपछि गडण्की प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेलको मुख्यमन्त्री गुमिसकेको छ ।

अब बाकि रहेको प्रदेश १ र बागमती प्रदेशमा एमालेका भीम आचार्य र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री छन, तर दुबै जना अल्पमतमा छन र मुख्यमन्त्रीबाट राजिनामा दिनुको कुनै विकल्प छैन । यो संगै केन्द्र र सबै प्रदेश एमाले नेतृत्व र सहभाहि बिहिन हुने भएको छ ।

बागमती र प्रदेश नम्बर १ मा सरकार जोगाउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रयास विफल हुने भएको छ । बागमती प्रदेशमा एमाले उपाध्यक्ष समेत रहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन् ।

शाक्यले प्रदेश सभा सांसदहरुलाई मन्त्रीको अफर गरेर रोक्न खोजेपनि १२ जनाले नेकपा एस रोजेका छन् । अब उनले सरकार जोगाउन कि २२ भदौभित्र आफै नेकपा एसमा प्रवेश गर्नुपर्छ कि त अन्य दलसँग गठबन्धन गरेर बहुमत पुर्याउनुपर्छ । यो दुवै सम्भावना लगभग नभएकाले शाक्य पदमुक्त हुने निश्चित भएको छ ।

एमाले अध्यक्ष ओलीले शाक्यलाई मुख्यमन्त्री बनाएर माधव नेपालको पक्षमा जान रोकेका थिए । उनले बागमतीमा एमाले सरकार जोगाउन पनि यो कदम चालेका थिए । तर, उनी असफल हुने भएका छन् ।

अब नेकपा एमालेको सरकार कुनै पनि प्रदेशमा नरहने सम्भावना बढेको छ । प्रदेश नम्बर १ मा कति सांसदले नेकपा एस रोज्ने हुन् त्यसले त्यहाँको सरकार टिक्ने या नटिक्ने टुंगो लग्नेछ ।

प्रदेश नम्बर १ मा नेकपा एस रोज्न १० सांसद तयार देखिएका छन् । त्यो अवस्थामा एमालेको बहुमत मात्र गुम्दैन अन्य साना दलसँग मिल्दा पनि बहुमत पुग्दैन । मुख्यमन्त्री भीम आचार्य माधव नेपालको साथ जान लागेका ५ सांसदलाई रोक्न सक्रिय भएका छन् । त्यसका लागि मन्त्री पदको अफर समेत गरेका छन् । तर, राजेन्द्र राईले अझ बढी एमाले सांसद तान्न प्रयास गरेका छन् ।

प्रदेश नं १ पनि गुमेमा नेकपा एमालेको नेतृत्वको सरकार केन्द्र देखि ७ वटै प्रदेशहरुमा रहनेछैन । यसअघि गण्डकी र लुम्बिनी प्रदेशमा एमाले सरकार ढलिसकेको छ । एकपछि अर्को गर्दै ओली नेतृत्वको एमालेलाई देशभर प्रतिपक्ष बनाइने रणनीति सफल बन्दै गएको छ ।

स्थानीय निकायमा एमाले नेतृत्वको नगर र गाउँपालिका सरकारहरु रहेका छन् । तर, त्यहाँ पनि नेकपा एस रोज्नेहरुले गर्दा धेरै पकड गुम्ने देखिएको छ । यसरी ओलीले केन्द्र हुँदै प्रदेशहरुमा एमाले सरकार ढलेको घटना देखिरहेका छन् । ओली गुमाएको गुमायै छन् । अब एमाले सातै प्रदेशमा प्रतिपक्षी बन्दैछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।