एकीकृत समाजवादीको कार्यालय मीनभवनमा

काठमाडौँ, २१ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी असोजदेखि काठमाडौँ महानगरपालिका–३१ मीनभवनबाट कार्यालय सञ्चालन गर्ने भएको छ ।

उक्त पार्टीले हाल दैनिक प्रशासनिक कार्य बानेश्वरबाट अस्थायी रुपमा व्यवस्थापन गर्दै आएको छ । पार्टीका नेता डा बेदुराम भुसालको अध्यक्षतामा बसेको सचिवालय बैठकले कार्यालय व्यवस्थापनका लागि छलफल गरेको छ ।

बैठकले पार्टी कमिटी सञ्चालन तथा जिल्लामा इन्चार्ज तोक्ने विषयमा छलफल गरी चाँडो स्थायी कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले जानकारी

दिनुभयो । हालै विभाजित उक्त पार्टीमा प्रदेशसभा सदस्यका साथै स्थानीय तहका सदस्य प्रवेश गर्ने क्रम जारी छ ।

निर्वाचन आयोगले यही भदौ २२ गतेसम्म प्रदेशसभा र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई दल रोज्ने समयावधी प्रदान गरेको छ ।

यसैबीच वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको संयोजकत्वमा गठन भएको समाजवादी प्रेसको विधान तयार भइसकेकाले एक साताभित्रमा दर्ता गरिने जनाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।