एकै पटक ३६ जनप्रतिनिधि ले एमाले परित्याग गरि एकिकृत समाजवादीमा

चितवन, २३ भदौ ।जिल्लामा नेकपा एमाले परित्याग गरी ३६ जनप्रतिनिधि नेकपा ९एकीकृत समाजवादी० मा प्रवेश गरेका छन् ।

एमालेका ३०९ जनप्रतिनिधिमध्ये उनीहरुले एकीकृत समाजवादी रोजेका हुन । समाजवादी दल रोजेकामध्ये पाँच जनाले हस्ताक्षर फिर्ताका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार फिर्ता लिएकाको विवरण निर्वाचन आयोगमा पठाइने छ ।

नयाँ पार्टीका लागि दल रोज्नेमा माडीका तीन, राप्तीका दुई, रत्ननगर नगरपालिकाका १६ तथा भरतपुर महानगरपालिकाका १५ जनप्रतिनिधि रहेका छन् । उनीहरुमध्ये माडी र राप्तीका एक एक वडाध्यक्ष, रत्ननगरका चार वडाध्यक्ष र भरतपुरका पाँच वडाध्यक्ष तथा अन्य वडा सदस्य रहेका छन् ।

कालिका नगरपालिका, खैरहनी नगरपालिका र ईच्छाकामना गाउँपालिकाका जनप्रतिनिधिले भने दल परिवर्तन गरेका छैनन् । जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका रहेका छन् ।

जिल्लाका सात पालिकामध्ये नेकपा एमालेको चार नगरपालिकामा प्रमुख र उपप्रमुख रहेका छन् । निर्वाचन कार्यालयमा सनाखत भएकाको कागजात आयोगमा पठाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖