उदयपुर नेकपा (एस) अध्यक्षमा पोखरेल

उदयपुर, २३ भदौ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) उदयपुरको अध्यक्षमा राममणि पोखरेल चयन भएका छन् । नेकपा एमाले अध्यक्ष केपी ओलीले गत ५ पुसमा संसद् विघटन गरेपछि गठित समानान्तर जिल्ला कमिटीलाई नै नेकपा (एकीकृत समाजवादी) पार्टीले जिल्ला कमिटीमा रूपान्तरण गरेको हो ।

बुधबार साँझ गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा समानान्तर कमिटीका अध्यक्ष ईश्वरमणि राउतलाई कारबाही गर्दै पोखरेललाई अध्यक्षमा मनोनीत गरेको जानकारी दिइएको छ । पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले ओलीले संसद विघटन गरेपछि असहमति जनाउने पार्टी नेता, कार्यकर्ताहरूको भेलाले २२ चैत २०७७ मा गठन गरेको समानान्तर कमिटीलाई नेकपा (एस)को जिल्ला कमिटीमा रूपान्तरण गरिएको बताए ।

‘हामीले नेकपा (एमाले)को तत्कालीन समानान्तर कमिटीलाई नै नेकपा (एकीकृत समाजवादी)को जिल्ला कमिटीमा रूपान्तरण गरेका छौँ’, खतिवडाले पार्टी निर्णय सार्वजनिक गर्दै भने, ‘ओलीको प्रतिगामी कदमलाई स्वीकार्दै त्यहीँ बसेपछि जिल्ला कमिटी अध्यक्ष ईश्वरमणि राउतलाई हटाएर उहाँको ठाउँमा राममणि पोखरेललाई पदस्थापन गर्ने निर्णय भएको छ ।’

खतिवडाका अनुसार १७५ सदस्य समानान्तर कमिटीमा अध्यक्ष राउतबाहेक सबैलाई यथावत् राखिएको छ ।

नवगठित कमिटीको सचिवमा जयराम पञ्जियार थारूलाई पदस्थापन गरिएको र समानान्तर जिल्ला कमिटीका अन्य सबै सदस्यलाई यथावत् राखिएको जानकारी खतिवडाले दिए । उनका अनुसार पार्टीलाई थप सशक्त बनाउँदै संगठन निर्माण अभियानमा लाग्न आउँदो ३ असोजमा बृहत् जिल्लास्तरीय भेला गर्ने तयारी भएको छ ।

समानान्तर कमिटीलाई जिल्ला कमिटीमा रूपान्तर गरेसँगै त्रियुगा नगरपालिका- ११ गाईघाट बजारको मेन चोकमा नेकपा (एस)को पार्टी कार्यालय खोलिएको छ । -न्यूज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।