सत्ता गठबन्धनकाे बैठक बेलुकी बस्ने गरी सकियो, प्रधानमन्त्रीले मागे मन्त्रीहरूको नाम

काठमाडौं, २५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीहरूको नामावली छिटो दिन आग्रह गरेका छन् । सत्ता गठबन्धनका शीर्ष नेताहरूको शुक्रबार बिहान बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका हुन् ।

मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ भइसकेको भन्दै देउवाले आ–आफ्नो पार्टीमा मन्त्रीहरूको नाम छिटो टुंग्याएर दिन आग्रह गरेको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दूर्गा पौडेलले जानकारी दिइन् ।

मन्त्रिपरिषदलाई पूर्णता दिन निकै ढिलो भइरहेको भन्दै प्रधानमन्त्री देउवाले छिटो मन्त्रीहरू टुंगो लगाउन नेताहरूलाई आग्रह गरेको उनले बताइन् । बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी बारे सबै पार्टीमा चाँडो निर्णय गरेर अगाडि बढ्ने विषयमा पनि छलफल भएको छ । यस्तै आज बस्ने संसद् बैठकमा विभिन्न अध्यादेश पेस गर्ने विषयमा पनि छलफल भएको पौडेलले जानकारी दिइन् ।

बिहान समय अभावका कारण छलफल नटुंगिएपछि आजै बेलुकी ६ बजे पुनः बैठक बस्ने जनाइएको छ । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समानवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट पौडेलको सहभागी थिए ।

गत असार २९ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्दा अहिले चार मन्त्री र एक जना राज्यमन्त्रीले सरकार चलाइरहेका छन् । -न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।