नेपालको चुच्चे नक्सा कार्यान्वयन गर्न माओवादी केन्द्रको माग

खोटाङ, २५ भदौ । नेकपा माओवादी केन्द्र खोटाङले नेपालको चुच्चे नक्सा कार्यान्वयनको माग गरेको छ । २२ र २३ भदौमा सम्पन्न माओवादी केन्द्रको जिल्ला कमिटीको विस्तारित बैठकले नेपाल सरकारले केही समयअघि जारी गरेको चुच्चे नक्सा कार्यान्वयनको माग गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार दिक्तेलस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक देवान किराती पृथ्वीले सदनले पास गरेको नेपालको चुच्चे नक्सा पाठ्यापुस्तक, सरकारी कागजात लगायतमा कार्यान्वयन गर्न आलटाल गरिएकाले यथाशीघ्र कार्यान्वयनको माग गर्ने निर्णय गरिएको जानकारी दिए । नेकपा माओवादी केन्द्रले एमसीसी सम्झौता खारेजीका लागि केन्द्रिय कमिटी र नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रले संविधानको मर्म र भाव अनुसार जिल्ला कमिटीलाई विघटन गर्दै जिल्ला समन्वय समिति बनाउने र पालिका कमिटीलाई कार्यकारी बनाउने निर्णय गरेको छ । आगामी दिनमा नगर तथा पालिका कमिटी कार्यकारी हुने तर जिल्ला कमिटी भने समन्वय समितिको भूमिकामा रहने जानकारी दिइएको छ । माओवादी केन्द्रले स्थानीय तहस्तरीय कमिटीलाई सशक्त बनाउनका लागि जिल्लाकाे नेतृत्व तहमा रहेका नेताले आ–आफ्नो पालिकामा जिम्मेवारी लिएर फर्कने निर्णय गरेको छ ।

माओवादी केन्द्रले अन्य पार्टीमा प्रवेश गरेका पाँचजना पार्टी सदस्यको सदस्यता खारेज गर्ने निर्णय गरेको जानकारी दिएको छ । माओवादी केन्द्रका सचिवालय सदस्य इन्द्र दंगाल, पूर्व जिल्ला कमिटी सदस्य कमल आले मगर, खोटेहाङ गाउँपालिका कमिटी अध्यक्ष राजन ढकाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका वडा सदस्य चित्रकुमार राई र दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीका वडा सदस्य छत्र खड्काको सदस्यता खारेज गर्ने निर्णय गरिएको संयोजक किरातीले जानकारी दिए ।-न्यूज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।