एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ, २६ भदौ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक स्थगन भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बिहान बसेको उक्त बैठक अपराह्न साढे तीन बजेसम्मका लागि स्थगित भएको हो ।

एमाले प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईका अनुसार बैठकमा विधान अधिवेशनका लागि सहभागी हुने प्रतिनिधिका विषयमा छलफल भए पनि निष्कर्षमा नपुगेकाले साढे ३ बजेसम्मका लागि बैठक स्थगन भएको हो । आजै बस्ने अर्को बैठकले अधिवेशनका लागि प्रतिनिधिका बारेमा टुङ्गो लगाउने भट्टराईले बताउनुभयो ।

“बैठकमा विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधि को को छनोट गर्ने भन्ने तथा राजनीतिक, विधान प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र व्यवस्थापनलगायत विषयमाथि छलफल भयो”, उहाँले भन्नुभयो, “अब बस्ने बैठकले प्रतिनिधिको चयन गर्नाका साथै सबै प्रतिवेदनलाई पारित गर्नेछ।”

अघिल्लो अधिवेशनमा राष्ट्रिय परिषद् सदस्य र महाधिवेशन प्रतिनिधि स्वतः प्रतिनिधि हुने गरेका थिए । पार्टीको नवाँै महाविधेशनपछि परिषद् निर्वाचित नगरेको स्थायी कमिटीले विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधि चयन गर्न थालेको भट्टराईले जानकारी दिनुभयो । विधान अधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटी, केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, सांसद, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि र जनवर्गीय सङ्गठनबाट प्रतिनिधि सहभागी हुने प्रस्ताव गरिएको छ ।

स्थायी कमिटीले आज प्रतिनिधि र प्रतिवेदन पास गरेपछि केन्द्रीय कमिटीबाट अनुमोदन हुनेछ । एमालेको विधान अधिवेशन यही असोज ४ देखि ६ गतेसम्म काठमाडौँमा हुने तय भएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मा भएका कतिपय कुरा संशोधन गर्नुपर्ने भएकाले संशोधन गरेर मात्र अघि बढाउनुपर्ने उहाँको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।